आर्थिक आवाज
पोखरा, ९ चैत । ‘ड्याटसन गो’ कारको नयाँ भर्सन अर्थात अन न्यु ड्याटसन गो आइतबार नेपाली बजारमा लन्च हुने भएको छ । पोखरामा पनि आइतबार नै उक्त कार लन्च हुनेछ । ड्याट्सनका लागि पोखरा क्षेत्रको आधिकारिक बिक्रेता थ्रिएस ट्रेड हाउस नयाँबजार हो । नेपालमा ड्याटसनको आधिकारिक वितरक पायोनियर मोटोकर्पले हो ।
ड्याटसन गोको नयाँ भर्सनमा धेरै अपडेट भएर आएको थ्रिएस ट्रेड हाउसका निर्देश गोपाल बरालले जानकारी दिए । नयाँ बम्पर तथा ग्रिल, आकर्षक हेडल्याप्स, एलइडी डिआरएल आदिमा परिमार्जन गरिएको छ । कारको पछि लगाइएको सिसी क्यामेरामा इन्टेग्रेटेड टर्न इन्डिकेटर्स समेत उपलब्ध छ । अल न्यु ड्याटसन गोमा १.२ लिटरको ३ सिलिन्डर पेट्रोल इञ्जिन छ, जसले ६७ बीएचपी पावर र १०४ एनएम टर्क जेनेरेट गर्छ । कम्पनीले आधिकारिक रुपमा जानकारी नदिए पनि नयाँ ड्याटसन गोको मूल्य २४ लाख ९९ हजार रुपैयाँ हुने अनुमान गरिएको छ ।
Comments are closed.