अवार्ड इन्टरनेशनलमा ‘युके ग्राण्ड सेमिनार’ शुक्रबार

पोखरा । अवार्ड इन्टरनेशनल इन्स्टिच्युट महेन्द्रपुलमा शुक्रबार युके ग्राण्ड सेमिनार हुने भएको छ । उच्च शिक्षा अध्ययनका लागि युके जान चाहने विद्यार्थीलाई लक्षित गरी सेमिनार आयोजना गरिएको अवार्ड इन्टरनेशनल इन्स्टिच्युटका प्रवन्ध निर्देशक गुञ्जन गुरुङले जानकारी दिइन् ।

शुक्रबार दिउसो १ देखि ५ बजेसम्म अवार्डकै कार्यालय महेन्द्रपुलमा सेमिनार हुनेछ । ‘युकेमा उच्च शिक्षा अध्ययनका लागि गर्नुपर्ने तयारी लगायत आवश्यक पर्ने सम्पूर्ण जानकारी विद्यार्थीलाई सेमिनारमा गराउँछौं,’ उनले भनिन्, ‘दक्ष तथा अनुभवी काउन्सिलरबाट परामर्श सेवा प्रदान गरिन्छ ।’

उच्च शिक्षा अध्ययनका लागि युके जान चाहने विद्यार्थी तथा अभिभाबकका लागि सेमिनार निकै प्रभावकारी हुने गुरुङले बताइन् । ‘युके सरकारले विद्यार्थीका लागि ल्याएको नयाँ नीति नियमका बारेमा पनि सेमिनारमा विद्यार्थीलाई जानकारी गराउनेछौं,’ उनले भनिन् । ‘युकेका विश्वविद्यालयका प्रतिनिधि पनि सेमिनारमा प्रत्यक्ष सहभागी हुने कार्यक्रम छन् ।’

You might also like
Ram Tulasi Palpa

Comments are closed.