अष्ट्रेलियाको कोर्ष अब पोखराको कान्तिपुर टुरिजममा

पोखरा, १८ जेठ ।

विजय पौडेल, संस्थापक अध्यक्ष

कान्तिपुर टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज पोखराले अष्ट्रेलियाको कोर्ष पोखरामा पठाउने व्यवस्था मिलाएको छ । कुलिनरी सोलुसन्स अष्ट्रेलिया इन्टरनेशनलसँग सम्बन्धन लिएर कलेजले त्यहाँको कोर्ष सञ्चालन गरेको संस्थापक अध्यक्ष विजय पौडेलले जानकारी दिए । सन् २०१४ देखि होटल म्यानेजमेन्ट कोर्ष सुरु गरेको कलेजले अष्ट्रेलियन डिप्लोमा होटल म्यानेजमेन्ट, अष्ट्रेलियन डिप्लोमा इन कुलिनरी आर्टस् (लेबल थ्रि), वारिस्ता र बार टेण्डर कोर्षको पढाई सञ्चालन गरिरहेको छ ।

‘अष्ट्रेलियन पाठ्यक्रममा आधारित भएर विद्यार्थीले पढ्ने अवसर पाउँछन्,’ पौडेलले भने, ‘पोखरामा पढेर अष्टे«लियन सर्टिफिकेट प्राप्त गर्न सकिन्छ ।’ कलेजबाट उत्तीर्ण विद्यार्थीले संसारको जुनसुकै स्थानमा गएर पनि प्रतिस्पर्धा गर्न सक्ने बताउँछन् पौडेल । ‘यहाँ पढेका शतप्रतिशत विद्यार्थीलाई रोजगारीको ग्यारेन्टी गरिएको छ,’ उनले भने, ‘दुबई, कतार, माल्दिभ्स, बहराइनका पाँचतारे होटलहरुमा रोजगारीको लागि जान सकिन्छ ।’

डिप्लोमा इन होटल म्यानेजमेन्ट सकेपछि वेटर हाउसकिपिङको तालिम लिएर चीन तथा दुबईको पाँचतारे होटलमा एक वर्षका लागि ‘पेड इन्टर्नसिप’मा जान सकिने प्रवन्ध निर्देशक राम कोडाण्डाले जानकारी दिए । ‘वारिस्ता कोर्ष गरेपछि अष्ट्रेलिया, न्युजिल्याण्ड लगायतका देशमा विद्यार्थी भिषामा जान सकिन्छ,’ उनले भने, ‘बार टेण्डर विद्यार्थीलाई पार्टटाइम जब पाउन सजिलो होस् भनेर सञ्चालन गरिएको कोर्ष हो । यो कोर्षको सर्टिफिकेट पनि अष्ट्रेलियाबाटै आउँछ ।’

प्रवन्ध निर्देशक राम कोडाण्डा

प्लस टु अध्ययन गरेका विद्यार्थीलाई मध्यनजर गरी कलेजले १० घन्टाका दरले ६ महिनाको कोर्ष सञ्चालन गरेको हो । ‘६ महिना पश्चात पाँचतारे होटलमा रोजगारी ग्यारेन्टी गर्न सक्षम छौं,’ पौडेलले भने, ‘प्राविधिक शिक्षामा हाम्रो कलेजले छोटो समयमा सफलता प्राप्त गरेको छ ।’ पछिल्लो समय होटल म्यानेजमेन्ट कोर्षमा विद्यार्थीको आकर्षण बढेको बताउँछन् पौडेल । ‘पढाई सकिनासाथ शतप्रतिशत रोजगारीको ग्यारेन्टी भएकाले पनि विद्यार्थीको आकर्षण बढेको हो,’ उनले भने, ‘हामीले नेपालमै होटल म्यानेजमेन्टमा अष्ट्रेलियन कोर्षको पढाई सुरु गरेपछि विद्यार्थीको आकर्षण अझै बढेको छ ।’

सस्तो शुल्कमा विद्यार्थीलाई पढाउने व्यवस्था मिलाइएको पौडेलले जानकारी दिए । डिप्लोमा इन कुलिनरी आर्टस (लेबल थ्रि) पुरा गर्न विद्यार्थीले ७ लाख ५० हजार रुपैयाँ लगानी गर्नुपर्छ । डिप्लोमा इन होटल म्यानेजमेन्टका लागि २ लाख रुपैयाँ खर्च लाग्छ । बार टेण्डर र वारिस्ताका लागि ४०÷४० हजार रुपैयाँ शुल्क लाग्ने पौडेलले बताए । ४ करोड रुपैयाँ लगानीबाट सुरु भएको कलेजमा अहिलेसम्म ८ करोड रुपैयाँ लगानी बृद्धि भइसकेको पौडेलले बताए । ‘आफ्नै सुविधासम्पन्न भवनमा कोर्ष सञ्चालन भइरहेको छ,’ उनले भने, ‘पारिवारिक वातावरणमा सञ्चालित पूर्ण प्राविधिक शिक्षामा विद्यार्थीको आकर्षण बढ्दो छ ।’ कलेजमा २२ जनाले प्रत्यक्ष रोजगारी पाइरहेका छन् ।

 

कलेजबाट उत्तीर्ण विद्यार्थीले मासिक न्युनतम ४० हजार रुपैयाँदेखि १ लाख ५० हजार रुपैयाँसम्म पारिश्रमिक पाउने गरी रोजगारीमा आबद्ध रहेको पौडेलले बताए । ‘कुनै पनि विद्यार्थी बेरोजगार बस्नुपरेको छैन,’ उनले भने ।

You might also like
2 Comments
  1. manoz thapa says

    best college to warmup your career. Thanks to kthmc family

  2. manoz thapa says

    being a part of kthmc was awesome. Each and Every facilities are outstanding here i feel lucky to be a part of KTHMC. Valuable teacher to guide . last but nt least KTHMC is Number one college to study hotel management course

Comments are closed.