अष्ट्रेलिया जान इच्छुक विद्यार्थीका लागि ‘कंगारु एड्मिसन डे’ महत्वपूर्ण अवसर होः काफ्ले

 

टि.आर. काफ्ले
कार्यकारी निर्देशक, कंगारु एजुकेशन फाउण्डेसन

अष्ट्रेलियामा उच्च शिक्षा हाँसिल गर्न जान चाहने विद्यार्थीलाई लक्षित गरी कंगारु एजुकेशन फाउण्डेशन पोखराले कंगारु एड्मिसन डे अष्ट्रेलियाको आयोजनामा गरेको छ । चिप्लेढुंगा स्थित सेलवेज टावरको पाचौं तलामा रहेको कंगारुको आफ्नै कार्यालयमा कार्यक्रम हुनेछ । कंगारुले विद्यार्थीलाई प्रदान गर्ने सेवा र कंगारु एड्मिसन डे अष्ट्रेलिया आयोजना गर्नुको कारणका लगायत विषयमा केन्द्रित रहेर कंगारु एजुकेशन फाउण्डेशन पोखराका कार्यकारी निर्देशक टि.आर. काफ्लेसँग गरिएको कुराकानीः

कंगारु एड्मिसन डे अष्ट्रेलिया कार्यक्रमको तयारी कस्तो भइरहेको छ ?
कंगारु एजुकेशन फाउण्डेसन पोखराले साउन १८ र १९ गते शाखा कार्यालय चिप्लेढुंगा पोखरामा आयोजना गर्न लागेको कंगारु एड्मिसन डे अष्ट्रेलियाको तयारी अन्तिम चरणमा पुगेको छ । मेलामा आउने विद्यार्थी र अभिभावकले अष्ट्रेलियाको शिक्षा सम्बन्धी शैक्षिक परामर्श तथा सहजीकरण सेवा सहजै पाउने ब्यबस्था गरेका छौं ।

अष्ट्रेलियामा अध्ययन गर्न जाने विद्यार्थीको चाप कस्तो छ ?

पछिल्लो समय नेपाली विद्यार्थी अष्ट्रेलिया अध्ययन गर्न जाने संख्या बढ्दो छ । सहज भिसा पद्धति भएको कारण र अष्ट्रेलियाले वर्षमा तीन पटक भर्ना लिने हुँदा विद्यार्थीलाई राम्रो अवसर पनि छ । विद्यार्थीको शैक्षिक योग्यता तथा प्राप्ताङकका आधारमा विभिन्न कलेज तथा युनिभर्सिटीले छात्रवृत्ति समेत उपलब्ध गराउछन् । यसर्थ विद्यार्थीको चाप बढ्नु स्वभाविक हो ।

वैदेशिक शिक्षा सम्बन्धी शैक्षिक परामर्श दिन एजुकेशन फेयर नै आयोजना गर्नुको कारण ?
विगत ११ वर्षदेखि नेपालबाट अध्ययनको लागि विदेश जाने विद्यार्थीलाई उचित परामर्श दिँदै आइरहेको कंगारु एजुकेशन फाउण्डेशनले विद्यार्थीलाई एउटै छानामुनि अष्ट्रेलियास्थित ११ वटा कलेज तथा युनिभर्सिटीका प्रतिनिधिहरुसँग अन्तरक्रिया गरी सत्य, तथ्य जानकारी दिन, त्यहाँको जीवनशैली, छात्रवृत्ति, कलेज विश्वविद्यालय छनौटदेखि लिएर परिपक्व डकुमेन्टेसन मार्फत् भर्ना र भिजाका सम्बन्धमा पनि परामर्श लिन सहज होस भनेर यो कार्यक्रमको आयोजना गरिएको हो । यस बाहेक कंगारुले अस्ट्रेलिया, न्युजिल्याण्ड, अमेरिका, क्यानडा र युरोपमा अध्ययन गर्न जाने विद्यार्थीलाई उचित परामर्श दिँदै आइरहेको छ ।

मेलाको विशेष आकर्षण के छ ?
मेलामा आउन चाहने जो कोही विद्यार्थी तथा अभिभावकलाई कुनै शुल्क लाग्ने छैन । साथै सहभागीलाई आकर्षक गिफ्ट हयाम्परको समेत व्यवस्था गरिएको छ । अष्ट्रेलियाको शिक्षाका बारेमा सम्पूर्ण जानकारी प्रदान गरिनेछ भने त्यहाँका युनिभर्सिटी तथा कलेजका प्रतिनिधिसँग विद्यार्थीले प्रत्यक्ष कुराकानी गर्न सक्नेछन् ।

कंगारुका विशेषताहरु के–के छन् ?
हामीले विद्यार्थीलाई पोखराबाट काठमाडौं हुँदै सिड्नी पुग्दासम्म साथ दिन्छौं । अष्ट्रेलिया पुगेपछि आउने विभिन्न समस्या समाधानमा हामी विद्यार्थीलाई सहयोग गर्छांै । एयरपार्ट पिकअप तथा अकोमोडेसनमा हामी सहयोग गर्छौं । विद्यार्थीमा पर्ने समस्या समाधानमा हाम्रो सिड्नी कार्यालयले अभिभावकीय भुमिका निर्वाह गर्दै आइरहेको छ । कंगारु विशुद्ध नेपाली कम्पनी हो । यसको नेटवर्क पनि ठुलो छ । इन्फरमेसन पनि हामीसँग धेरै छ । विद्यार्थीले पढ्न सक्ने युनिभर्सिटी तथा कलेज हामीसँग छन् । विद्यार्थीको स्तर, रुची तथा क्षमता हेरेर हामी युनिभर्सिटी तथा कलेज छनोट गर्न भन्छौं ।

नेपाली विद्यार्थी बाहिर जानुमा उच्च शिक्षा र रोजगार मध्ये केलाई प्राथमिकता दिन्छन् ?
अहिलेसम्म कंगारुबाट गएका अधिकांश विद्यार्थी उच्च शिक्षा हासिल गर्न भनेर नै विदेश गएका छन् । र, हामीले विद्यार्थीलाई काउन्सेलिङ गर्ने बेलामा विदेश अध्ययनका लागि जाने हो पछि नेपाल नै फर्कनु पर्छ भनेर काउन्सेलिङ गर्छौं । विद्यार्थी भिसामा गएका विद्यार्थीले पैसा कमाउने सोच राख्छ भने त्यो गलत हुन्छ । अस्ट्रेलिया, न्युजिल्याण्ड, युरोप, अमेरिका जस्ता देशमा अध्ययनरत रहँदा विद्यार्थीले साताको निश्चित घण्टामात्र काम गर्न पाउँछन् भने, बिदाको समयमा फुल टाइम काम गर्न पाउँछन् । यसले विद्यार्थीलाई ती देशहरूमा रहन केही आर्थिक सहयोग मात्र पुग्छ । र, यसरी गरेको कामले विद्यार्थीलाई आत्मनिर्भर बनाउन पनि ठुलो सहयोग गर्छ ।

मेलामा कति विद्यार्थी सहभागी हुने अपेक्षा गर्नुभएको छ ?
पहिला पहिला हामीले गरेका मेलामा विद्यार्थीको सहभागिता हेर्दा यो पटकको एजुकेशन फेयरमा ५०० भन्दा बढीले सहभागिता जनाउने छन् भन्ने हाम्रो अपेक्षा छ ।

नेपालबाट बाहिर अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था हुन्छ ?
सक्षम र अब्बल विद्यार्थीले छात्रवृत्ति सहजै पाउँछन् । अस्ट्रेलियाको हकमा राम्रा विद्यार्थीले ट्युसन शुल्कमा पनि २५ प्रतिशतसम्म छुट पाउँछन् । अमेरिकाको हकमा सक्षम, अध्ययनशील विद्यार्थीले त छात्रवृत्तिसँगै विभिन्न कोर्समा सोचे भन्दा धेरै छुट पाउँदै आएका छन् । विद्यार्थीले छात्रवृत्ति पाउँछु कि पाउँदिन भन्नु भन्दा पहिले आफ्नो क्षमतालाई निखार्न जरुरी हुन्छ ।

नेपाली विद्यार्थीे अन्य देशका विद्यार्थी भन्दा केमा भिन्न देखिन्छन् ?
नेपाली विद्यार्थीको अध्ययन क्षमता अन्य देशका विद्यार्थी भन्दा राम्रो छ । नेपाली विद्यार्थी मेहेनती छन्, शिक्षण सिकाईमा अब्बल छन् । भाषाको सवालमा नेपाली विद्यार्थीले प्रारम्भिक तहदेखि नै अँग्रेजी भाषाको अध्ययन गरेकाले अन्य देशका विद्यार्थीको तुलनामा अझ राम्रो छ । उदाहरणका लागि चीन, जापान लगायतका देशहरूमा अँग्रेजी भाषा कमजोर हुँदा त्यहाँका विद्यार्थीलाई भाषाको समस्या देखिन्छ । हाम्रोमा प्राथमिक कक्षादेखि नै अँग्रेजी भएकाले सहज भएको छ ।

अस्ट्रेलिया र अन्य देश अध्ययनका निम्ती जान चाहने विद्यार्थीलाई के भन्न चाहनु हुन्छ ?
जो विद्यार्थी उच्च शिक्षाका लागि विदेश जान खोजिरहनु भएको छ, उहाँहरू आफैमा सक्षम र अब्बल हुनु जरुरी छ । विद्यार्थीले आफूलाई शैक्षिक, आर्थिक र मानसिक रूपमा सक्षम र मजबुत बनाएपछि जहाँ पनि अवसर पाइन्छ । यस्तै विद्यार्थीलाई वैदेशिक शिक्षाको थप शैक्षिक परामर्श तथा सहजीकरण सेवाका लागि यही साउन १८ र १९ गते कंगारु एजुकेशन फाउण्डेसन शाखा कार्यालय पोखरामा हुन गइरहेको कंगारु एड्मिसन डे अष्ट्रेलियामा सहभागी भई सेवा लिनु हुन अनुरोध गर्दछु ।

You might also like
1 Comment
  1. हरि says

    अनाबश्य्क बिग्यापन गरेर नेपाली बाबू आमा माथी रिन थोपरेर छोरा छोरी माथी तनाब बडा उन अनेकौ बिग्यापन नगरौ सक्छौ भने आफ्नो छोरा छोरी पठा उ

Comments are closed.