आर्थिक आवाज
पोखरा । पोखरामा यहि असोज १० गते ‘मिनी सडक महोत्सव’ हुने भएको छ । विश्व पर्यटन दिवसको अवसरमा पोखराको लेकसाइड किनारमा महोत्सव हुने भएको हो । रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल (रेवान) पोखराको आयोजनामा विश्व पर्यटन दिवसको दिन यहि असोज १० गते पोखराको फेवाताल किनार (लेकसाइड) मा ‘मिनी सडक महोत्सव’ आयोजना गरिने आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
पोखरालाई अन्र्तराष्ट्रिय क्षेत्रमा पहिचान गराउने उद्धेश्यले एक दिने मिनी सडक महोत्सव आयोजना गरिएको रेवान पोखराका अध्यक्ष भीमसेन भुजेलले जानकारी दिए । ‘रोजगार सबैको लागि राम्रो भविष्य’ भन्ने नारासहित मनाउन लागिएको विश्व पर्यटन दिवस पोखरामा पनि मनाउने क्रममा महोत्सव आयोजना गरिएको उनले बताए । महोत्सव वाराही चोकदेखि फिस्टेल गेटसम्मको क्षेत्रमा हुने उनले बताए ।
महोत्सव साँझ ५ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने महोत्सव संयोजक सूर्यबहादुर भुजेलले जानकारी दिए । महोत्सवमा सडकमै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खाने कुराका परिकारहरु राखिने उनले बताए । महोत्सवको अवसरमा साँझ सांस्कृतिक कार्यक्रम गरिने भएको छ । खानाका परिकारसँगै सांस्कृतिक कार्यक्रम, युवाहरुका लागि लाइभ व्याण्डको प्रस्तुती रहने उनले जानकारी दिए ।
महोत्सव स्थलमा पर्ने हरेक चौतारीमा एउटा÷एउटा कार्यक्रम गर्ने लक्ष्य राखेर कहिं पञ्चे बाजा, कहिं सांस्कृतिक नृत्य त कहिं गन्धर्व गायनलगायतका कार्यक्रम राखिएको संयोजक भुजेलले बताए । महोत्सवमा साहसिक खेलकुद तथा पर्यटकीय आकर्षक वृत्तचित्रपनि प्रदर्शनी गरिने उनले बताए ।
पोखरा पर्यटन परिषदका अध्यक्ष चिरञ्जिवी पोखरेलले एक दिने सडक महोत्सवले पर्यटनको विकासमा सघाउने विश्वास व्यक्त गरे । महोत्सव सञ्चालन गर्न करीब साढे २ लाख खर्च लाग्ने आयोज रेवान पोखराका उपाध्यक्ष लक्ष्मण बरालले जानकारी दिए ।
Comments are closed.