अस स्टडिजको अस्ट्रेलियन एजुकेशन सेमिनार पोखरामा सम्पन्न

पोखरा, १४ माघ ।

अस स्टडिज पोखराको आयोजनामा निःशुल्क अष्ट्रेलियन एजुकेसन सेमिनार तथा अप्लिकेसन डे पोखरामा सम्पन्न भएको छ । कार्यक्रम चिप्लेढुङ्गास्थित आफ्नै कार्यालयमा नावितास (अस्ट्रेलिया)का आधिकारिक प्रतिनिधि, स्टुडेण्ट रिक्रुटमेन्ट म्यानेजर संजीव थापा तथा अस स्टडिजका काठमान्डौका निर्देशक शम्भु श्रेष्ठको उपस्थितिमा सम्पन्न भएको हो ।

कार्यक्रममा मुलतस नाविताससंग सम्बद्ध अस्ट्रेलियाका कलेज तथा विश्वविद्यालयहरुले संचालन गर्दै आइरहेका र नेपाली विद्यार्थीहरुको रोजाइमा परेका अन्तर्राष्ट्रिय शैक्षिक कार्यक्रम तथा भर्ना प्रक्रिया सम्बन्धी बिस्तृत जानकारी गराइएको थियो । विद्यार्थीलाई उनीहरुको इच्छा र योग्यतामा आधारित रहेर सही परामर्श दिनुका साथै अष्ट्रेलियाले अवलम्बन गरेको वर्तमान परिवर्तित नियम कानुनका बारेमा समेत जानकारी दिइएको अस स्टडिज पोखराका निर्देशक भुवन क्षेत्रीले जानकारी दिए ।

अस्ट्रेलियामा आफ्नो केन्द्रीय कार्यालय रहेको नावितासले अस्ट्रेलिया, न्युजिल्यान्ड, अमेरिका, युके, क्यानाडा लगायत ३१ देशमा रहेका आफ्ना १२० भन्दा बढी कलेज तथा विश्वविद्यालयमार्फत वार्षिक ८० हजार विद्यार्थीलाई शिक्षा प्रदान गर्दै आइरहेको छ । बिगत १५ वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको अस स्टडिजले अस्ट्रेलियाका सरकारी तथा निजी विश्वविद्यालय तथा कलेजहरुको नेपालमा आधिकारिक प्रतिनिधित्व गर्दै आइरहेको छ ।

अस्ट्रेलियामा उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थी तथा अभिभावकलाई लक्षित गरी अस्ट्रेलियास्थित विभिन्न युनिभर्सिटी तथा कलेजहरुका आधिकारिक प्रतिनिधिको उपस्थितिमा माघको दोश्रो हप्तालाई भर्ना सप्ताहको रुपमा समेत संचालन गरिरहेको छ । काठमाडौँको कान्तिपथमा आफ्नो केन्द्रीय कार्यालय रहेको अस स्टडिजले पोखरा, चितवन, बुटवल, ललितपुर साथै अस्ट्रेलियाको ब्रिस्वेन र मेल्वर्नमा समेत आफ्नो शाखाहरु सञ्चालनमा ल्याएको छ ।

You might also like

Comments are closed.