अहिले सम्मकै ठुलो अष्ट्रेलियन एजुकेसन फेयर हुनेछ : थापा

 

समीर थापा मगर
प्रवन्ध निर्देशक
हिमाअस एजुकेसन कन्सल्टेन्सी

ब्लु स्काई एजुकेसनसँगको सहकार्यमा हिमाअस एजुकेसन कन्सल्टेन्सी पोखराले भदौ ३१ गते आइतबार पोखरामा बृहद अष्ट्रेलियन एजुकेसन फेयर आयोजना गरेको छ । पोखराको मिड टाउन ग्यालेरियामा हुने फेयरका विशेषता, परामर्शका लागि हिमाअसमा विद्यार्थीको आकर्षण, सेवा लगायत विविध विषयमा केन्द्रित रहेर हिमाअस पोखराका प्रवन्ध निर्देशक समीर थापा मगरसँग आर्थिक आवाजले गरेको कुराकानीको सार :

हिमाअस एजुकेसन कन्सल्टेन्सीले अष्ट्रेलियन एजुकेसन फेयर आयोजना गर्नुको उद्देश्य के हो ?
नेपालमा उच्च शिक्षा अध्ययनको लागि विदेश जाने चलन पहिलेदेखि नै छ । नेपाली विद्यार्थीको बिचमा अहिले अध्ययनको लागि विदेश जाने क्रेज बढिरहेको छ । यसको लागि विद्यार्थीलाई सत्य तथ्य जानकारी आवश्यक पर्छ । अहिले धेरै कन्सल्टेन्सी संचालनमा छन् । कुनमा जाने भनेर विद्यार्थी पनि अलमलिने गरेको हामीले पाएका छौं । बिगतमा इक्यान लगायत विभिन्न फेयर पनि हुने गरेका थिए । यसमा धेरै भन्दा धेरै कन्सल्टेन्सीहरको सहभागिता रहन्थ्यो । कलेज तथा युनिर्भसिटीको सहभागिता भने कम रहन्थ्यो । हामीले एउटा मात्र कन्सल्टेन्सीको आयोजनामा विद्यार्थीलाई सत्य तथ्य जानकारी दिनको लागि अष्ट्रेलियामा रहेका विभिन्न कलेज तथा युर्भिसिटकिो सहभागितामा फेयर आयोजना गरेका छौं । विद्यार्थी तथा अभिभावकले प्रतिनिधिसँग सबै कुरा सोध्न सक्ने वातावरण हामीले बनाएका छौं । आइटी, इन्जिनियरिङ, नर्सिङ लगायत विभिन्न विषय तथा विभिन्न तहमा अध्ययन गर्न जान चाहने विद्यार्थीको लागि फेयरले सही परामश प्रदान गर्नेछ ।

फेयरका विशेषताहरु केके छन् ?
अष्ट्रेलियाको ब्लु स्काई एजुकेसनसँग सहकार्य गरेर फेयर आयोजना गरेका छौं । छोटो समयमा नै अलमल बिना विद्यार्थीले सत्य तथ्य जानकारी प्राप्त गर्न सक्नेछन् । विद्यार्थीले आफ्नो एकेडेमिक क्वालिफिकेसन सो गरेर रिक्वायरमेन्ट पुग्ने नपुग्ने, स्कलरसिप पाउने नपाउने, कुन विषय अध्ययन गर्न, कुन कलेज तथा युनिभर्सिटी छनोट गर्ने भन्ने कुरा अन द स्पट जानकारी लिन सक्नेछन् । पोखरामा अहिलेसम्म कै ठुलो फेयर हामीले आयोजना गरेका छौं । हाम्रो लक्षित समूह विद्यार्थी नै हुन् । फेयरमा धेरै भन्दा धेरै विद्यार्थी आउने हामीले अपेक्षा गरेका छौं । करिव १ जार विद्यार्थी फेयरमा सहभागी हुने हाम्रो अनुमान छ ।

अन्य फेयर भन्दा यो फेयर कसरी फरक छ ?
हामीसँग १ दशकको अनुभव छ । सन् २००८ देखि नै संचालनमा आएको हो । पोखरामा हिमाअस नामबाट संचालन भएको भने १ वर्ष भएको छ । छोटो अवधिमा हामीले राम्रो सफलता पाएका छौं । एउटै फेयरमा अष्ट्रेलियाका धेरै भन्दा धेरै युनिभर्सिटी तथा कलेजका प्रतिनिधि सहभागी रहनेछन् । विद्यार्थीले सिधैं युनिभर्सिटी तथा कलेजका प्रतिनिधिसँग भेटेर जिज्ञारा राख्ने र त्यहाँको शिक्षा तथा रोजगारीका अवसरसहित करियर काउन्सिलिङ प्राप्त गर्न सक्नेछन् ।

विद्यार्थीबाट कस्तो प्रतिक्रिया पाउनुभएको छ ?

विद्यार्थीबाट हामीले सकारात्मक प्रतिक्रिया पाएका छौं । विद्यार्थी हामीसँग सन्तुष्ट छन् । विद्यार्थीले अष्ट्रेलिया पुगेपछि पनि हामीबाट राम्रो सर्पोट पाएका कारण आफ्ना साथी तथा आफन्तलाई पनि हामी मार्फत नै आउन भनेको हामीले पाएका छौं । हाम्रो काम भनेको विद्यार्थीलाई सत्य तथ्य जानकारी दिएर काउन्सिलिङ गर्ने तथा विद्यार्थी तथा अभिभावकलाई सन्तुष्ट बनाउने हो । विद्यार्थी तथा अभिभावकसँग रहेको भ्रमलाई चिर्न हामी सफल छौं । सरल, सहज र उचित तरिकाले हामीले परामर्श दिइरहेका छौं ।

हिमाअसका विशेषताहरु केके हुन् ?
विद्यार्थीको रुची, क्षमता, चाहना तथा आर्थिक स्तर अनुशारको विषयका साथै कलेज तथा युनिर्भसिटी पनि त्यसै अनुशार छान्न हामी सल्लाह दिन्छौं । अष्ट्रेलिया पुगसकेपछि पनि विद्यार्थीलाई पर्ने समस्याका वारेमा जानकारी दिन्छौ र समाधानमा पनि हामी सहयोग गर्दछौं । सिटिइभिटीबाट एप्रुभल लिएर जब रेडी प्रोग्राम भनेर हामीले वरिष्टा, हाउसकिपिङ, वेटर, वार टेन्डर, लगायतका ट्रेनिङ दिन शुरु गरेका छौं । जसले विद्यार्थीलाई सहज हुनेछ । सिड्नी, र मेलवर्नमा हाम्रो कार्यालय छ । व्रिसवेनमा पनि सम्पर्क कार्यालय छ । एयरपोर्ट पिकअप हामी गर्छौं । हामीले अभिभावकको भुमिका निर्वाह गर्छौं । विद्यार्थीलाई सेटल गराउछौं । सिमकार्ड पनि हामी उपलब्ध गराउछौं । काम खोज्नको लागि पनि हामी सहयोग गर्छौं । उता पुगेपछि गरिने पोष्ट ल्याण्डिङ सर्भिस पनि हाम्रो मुख्य आकर्षण हो ।

उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया आकर्षक गन्तव्य बन्नुको कारण के हो ?
वल्डवाइड भ्यालिड सर्टिफिेकट लिनको लागि तथा वल्डमा हाइली डिमान्डेड डिग्रीका साथै जब ओरियन्टेड डिग्री लिनको लागि विदेश जाने हो । त्यसको लागि अष्ट्रेलिया राम्रो छ । अध्ययनका साथै जवको सम्भावना पनि राम्रो छ । डिपेन्डेन्ट भिजामा लैजान पनि सजिलो छ । युएसए, जापान, यु.केमा भन्दा अष्ट्रेलियामा धेरै सहज छ । खर्च गरेपछि आफूलाई चाहिने कुरा सबै अष्ट्रेलियामा पाइन्छ । प्राक्टिकल बेस पढाई हुन्छ ।

You might also like

Comments are closed.