आँधिखोला महोत्सवमा ६० लाखको कारोवार

स्याङ्जा, १८ फागुन
यही १७ गतेबाट मालेबगर खेलमैदानमा शुरु भएको प्रथम स्याङ्जा आँधिखोला महोत्सवमा ६० लाख बराबरको कारोबार भएको छ । महोत्सवको पहिलो दिन र दोस्रो दिन गरि ६० लाख बराबरको कारोवार भएको हो ।  पहिलो दिन र दोस्रो दिन गरि १२ हजारले महोत्सव अवलोकन गरेका छन् । महोत्सवमा पुतलीबजार र ग्रामीण क्षेत्रबाट दर्शकहरुको घुईचो लागेको आयोजकले अनुमान गरेको छ ।  अन्य महोत्सवमा भन्दा टिकट दर कम भएकाले धेरै दर्शकले महोत्सव अवलोकन गरेका हुन् ।

महोत्सवमा कृषि सामाग्री, हस्तकलाका स्टल, लोक तथा सास्कृतिक कार्यक्रम, श्रवणकुमारको मुर्ति र बालउद्यान लगायतका स्टलहरुमा दर्शकहरुको चाप बढी रहेको स्याङजा चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष श्रीबहादुर गुरुङले जानकारी दिए ।  १० दिनसम्म सञ्चालन हुने महोत्सवमा एक करोड भन्दा बढी आम्दानी, ६० लाख खर्च र २० लाख भन्दा बढी वचत गर्ने अनुमान रहेको आयोजकले जानकारी दिएको छ । महोत्सव अवधिभर ३ लाख दर्शकले मेला अवलोकन गर्नुकासाथै ८ करोडभन्दा बढीको आर्थिक÷ब्यापारिक कारोबार हुने आयोजकको अनुमान रहेको छ ।

महोत्सवले ब्यवसायिक चेतना अभिवृद्धि गर्ने, स्थानीय बस्तु तथा सेवाहरुको प्रवद्र्धन गरी उद्यमी ब्यवसायीहरुलाई प्रोत्साहन गर्ने, उत्पादक र उपभोक्ताबीचको सम्बन्ध अभिबृद्धि गर्ने, हस्तकला ब्यवसायको खोजी तथा प्रबद्र्धन गर्ने, आन्तरिक तथा बाह्य पर्यटन प्रबद्र्धन गर्ने, लोक संस्कृतिको जगेर्ना गर्ने उद्धेश्यहरु राखेको वालिङ उद्योग वाणिज्य संघले जनाएको छ ।
प्रथम स्याङजा आधिखोला महोत्सवमा बालउद्यान, रतौली प्रतीयोगिता, दोहोरी प्रतीयोगीता, कृर्षी प्रदर्शनी, हस्थकला प्रदर्शनी र फोटो प्रदर्शनी लगायतको प्रदर्शनी रहेको आयोजकले जानकारी दिएको छ ।

You might also like

Comments are closed.