आँधीखोला गाउँपालिकाद्वारा व्यावसायिक कृषक प्रोत्साहन कार्यक्रम

स्याङ्जा ।
कृषि पेशालाई सम्मान गरि कृषि क्षेत्रमा उत्पादन र आकर्षण बढाउनका लागी आँधीखोला गाउँपालिकाले व्यावसायिक कृषक प्रोत्साहन कार्यक्रम गरेको छ ।

गाउँपालिका उपाध्यक्ष शर्मिला देवी पौडेलको संयोजकत्वमा विभिन्न टोलहरूमा गई अनुगमन तथा मूल्याङ्कन गरी मापदण्ड अनुसार २२ जना कृषक छनोट गरिएको थियो ।

कृषि शाखाको आयोजनामा एक कार्यक्रमका बीच आँधीखोला गाउँपालिकाका विभिन्न वडाबाट छानिएका उत्कृष्ट कृषक र कृषक समूहलाई गाउँपालिका अध्यक्षले नगद सहित प्रमाणपत्र प्रदान गरे ।

आँधीखोला गाउँपालिकाका विभिन्न वडाबाट मौरीपालनमा ३ जना, कुखुरापालनमा २ जना, हाँसपालनमा १ जना र तरकारी फलफूल तथा मसालाबाली मा १६ जना गरी जम्मा २२ जना व्यावसायिक कृषक छनौट गरेर पुरस्कार प्रदान गरिएको आँधीखोला गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेलले बताए ।

पुरस्कार वितरण कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष पौडेलले कृषिमा आकर्षण बढाउन र वास्तविक कृषकलाई सम्मान गर्न व्यावसायिक कृषक प्रोत्साहन कार्यक्रमको व्यवस्था गरिएको जानकारी दिए ।

You might also like

Comments are closed.