आइएमई ग्रुपका अध्यक्ष ढकालद्वारा अस्पताललाई सहयोग

आर्थिक आवाज
पोखरा, ७ पुस । आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले अस्पताललाई सहयोग गरेका छन् । बागलुङको पैयुँपाटा प्राथमिक अस्पताललाई ढकालले १० लाख रुपैयाँ आर्थिक सहयोग गरेका हुन् । अस्पतालको भवन निर्माणार्थ ढकालले सहयोग गरेका हुन् ।

अस्पतालका लागि आवश्यक जग्गा खरिदको लागि ढकालले आर्थिक सहयोग गरेको बागलुङ नगरपालिका वडा नम्वर १३ का अध्यक्ष नारायण पौडेलले जानकारी दिए । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष समेत रहेका ढकालको बागलुङ गृह जिल्ला हो ।

You might also like

Comments are closed.