आइएमई मोटर्सको बजार विस्तार

अशोक लेल्याण्डको सेल्स, सर्भिस र स्पेयर्स आफ्नै शोरुमबाट

आर्थिक आवाज

पोखरा । आइएमई ग्रुप अन्तर्गतको आइएमई मोटर्सले बजार विस्तारलाई तिब्रता दिएको छ । अशोक लेल्याण्ड गाडीको लागि नेपालको आधिकारिक बिक्रेता आइएमई मोटर्सले पोखराको चाउथेमा सुविधा सम्पन्न शोरुम स्थापना गरी सेवा विस्तार गरेको हो । शोरुमको शुक्रबार उद्घाटन गर्ने कार्यक्रम छ ।

थ्रि एस (सेल्स, सर्भिस र स्पेयर्स) सेवा एकैठाउँबाट उपलब्ध गराउने लक्ष्यसहित आइएमई मोटर्सले स्वागत नगर चाउथेमा सेवा शुभारम्भ गर्न लागेको हो । गण्डकी प्रदेशमा अशोक लेल्याण्ड गाडीको बिक्री राम्रो रहेकाले सेवालाई अझ बढी गुणस्तरीय र प्रभावकारी बनाउन लागिएको आइएमई मोटर्सका कार्यबहाक प्रमुख कार्यकारी अधिकृत सुरज भट्टराईले जानकारी दिए ।

अशोक लेल्याण्डका ट्रक, टिपर, बस, स्कुल बस, दोस्त पिकअप, कन्टेनरहरु नेपाली बजारमा बिक्री भइरहेका छन् । आइएमई मोटर्स आधिकारिक बिक्रेता बनेपछि नेपाली बजारमा अशोक लेल्याण्ड ब्राण्डप्रति ग्राहकहरुको विश्वास बढेको उनले बताए । ‘अशोक लेल्याण्डको बजार विस्तार भइरहेको छ,’ उनले भने,

‘ग्राहकको विश्वास जितेका छौं । सेवालाई अझ बढी ग्राहकमैत्री बनाउने अभियानमा हामी छौं ।’ सेवा विस्तार गर्ने क्रममा पूर्वदेखि पश्चिमसम्म हालसम्म १३ वटा शोरुम स्थापना भइसकेको भट्टराईले जानकारी दिए । अशोक लेल्याण्ड गाडीका लागि आवश्यक सम्पूर्ण सेवाहरु पोखरा शोरुमबाट प्रदान गरिने शाखा प्रमुख खेम क्षेत्रीले बताए । करिब १० रोपनी जग्गामा शोरुम स्थापना गरिएको छ । बिगत ३ वर्षदेखि आइएमई बिक्रेता बनेपछि अशोक लेल्याण्डले सेवा विस्तारलाई जोड दिएको उनले जानकारी दिए । ‘बिक्री पछिको सेवालाई हामीले प्राथमिकतामा राखेका छौं,’ उनले भने ।

स्पेयर्स पार्टस कम्पनी आफैले तथा रिटेलमार्फत सहज उपलब्ध रहेको क्षेत्रीले जानकारी दिए । जापानिज प्रविधिमा बनेको गाडीमा प्रयोग भएको हिनो एचसिरिज इन्जिन अत्याधिक बलियो तथा लामो समय टिक्ने कम्पनीको दावी छ । ‘राम्रो माइलेज पनि अशोक लेल्याण्डको विशेषता हो,’ क्षेत्रीले भने, ‘इनलाइन पम्प जडित गाडीहरु भएकाले उच्चतम माइलेज दिन्छ र मर्मत खर्च पनि कम लाग्छ ।’ एक्सल क्राउन गियर बक्स अत्याधिक टिकाउ रहेको सेल्स अफिसर प्रकाश अर्यालले जानकारी दिए ।

चेसिसको चौडाई बलियो तथा अरु गाडीको तुलनामा लामो समय टिक्ने क्षेत्रीले बताए । ‘आधुनिकीकरणसँगै विभिन्न प्रविधिहरु जडित गाडी मेकानिक फ्रेण्ली छ,’ उनले भने, ‘बिग्रेको अवस्थामा सहज मर्मत गर्न सकिन्छ ।’

शोरुममार्फत सम्पूर्ण सेवा

खेम क्षेत्री, शाखा प्रमुख, आइएमई मोटर्स

अशोक लेल्याण्ड गाडीको लागि नेपालको आधिकारिक बिक्रेता आइएमई मोटर्सले पोखराको चाउथेमा सुविधा सम्पन्न शोरुम स्थापना गरी आज शुक्रबार सेवा सुरु गर्दैछ । सेल्स, सर्भिस र स्पेयर्सका लागि हामीले शोरुमबाट सम्पूर्ण सेवा हाम्रा ग्राहकलाई उपलब्ध गराउनेछौं ।

गण्डकी प्रदेशमा अशोक लेल्याण्ड गाडीको बिक्री राम्रो छ । अझै बिक्री बढाउने लक्ष्य हाम्रो छ । सेवालाई अझ बढी गुणस्तरीय र प्रभावकारी बनाउन हामी सक्रिय छौं । करिब १० रोपनी जग्गामा शोरुम स्थापना गरिएको छ । आफ्नै शोरुम स्थापना भएपछि हाम्रा ग्राहकलाई आवश्यक पर्ने सम्पूर्ण सेवा एकै स्थानबाट प्रदान गर्न सक्षम भएका छौं । आगामी दिनमा सेवालाई अझ प्रभावकारी बनाउँदै अगाडि बढ्नेछौं ।

https://arthikawaj.com/2018/12/8108

https://arthikawaj.com/2018/12/8102

Gepostet von Arthik Awaj am Donnerstag, 6. Dezember 2018

You might also like

Comments are closed.