‘आइएमई मोटर्स र अशोक लेल्याण्डप्रति विश्वास बढेको छ’

सुरज भट्टराई
कार्यबहाक प्रमुख कार्यकारी अधिकृत, आइएमई मोटर्स

अशोक लेल्याण्ड गाडीका लागि नेपालको आधिकारिक बिक्रेता आइएमई ग्रुप अन्तर्गतको आइएमई मोटर्सले बजार विस्तारलाई तिब्रता दिएको छ । देशभर १३ वटा शाखा स्थापना गरिसकेको आइएमई मोटर्सले पोखरामा अत्याधुनिक सेवा सुविधा प्रदान गर्नेगरी शोरुम स्थापना गरेको छ । यसैक्रममा अशोक लेल्याण्डका बारेमा केन्द्रित रहेर आइएमई मोटर्सका कार्यबहाक प्रमुख कार्यकारी अधिकृत सुरज भट्टराईसँग आर्थिक आवाजले गरेको कुराकानीः

आइएमई मोटर्सले बिक्री गर्ने अशोक लेल्याण्ड गाडीका लागि कस्तो सेवा प्रदान गर्दै आउनुभएको छ ?
सेवा शुरु गरिसकेपछिको अवस्थालाई मध्यनजर गरेर बिक्री पछिको सेवालाई पनि बिस्तार गरेका छौं । नेपालभरीमा १३ स्थानबाट सेल्स, सर्भिस र स्पेयर्स सहितको सेवा प्रदान गरिरहेका छौं । हामीले बिक्री पछिको सेवालाई बढी प्राथमिकताका साथ प्रदान गरिरहेका छौ जसबाट पनि हामीलाई सकारात्मक प्रतिक्रिया आएको छ । अशोक लेल्याण्ड र आइएम्ई प्रति विश्वास बढेको छ ।

आइएमईले अशोक लेल्याण्ड गाडी बिक्री सुरु गरेपछिको अवस्था कस्तो छ ?
हामीले डिलर लिनु भन्दा अगाडि बजारमा अरु नै डिलर थिए । बलियो र प्रतिष्ठित गाडी भएपनि ग्राहकले पनि खासै विश्वास नगर्ने अवस्था थियो । बिक्री अवस्था पनि राम्रो थिएन । हामी आएपछि ग्राहकको विश्वास जित्न सफल भएका छौं । ग्राहकलाई स्तरीय सेवा प्रदान गर्न सफल छौं । देशभरका मुख्य शहरमा आफ्नै शाखाहरु स्थापना भएका छन् । आइएमईले अशोक लेल्याण्डको डिष्ट्रिव्युटर लिएको ३ वर्ष भएको छ । यो छोटो अवधिमा नै हामी धेरै सफल भएका छौं । नेपालको इतिहासमा हेर्ने हो भने पनि अन्य डिष्ट्रिब्युटर्सको सेटअप खासै राम्रो छैन । हामीले प्रदान गर्ने बिक्री पछिको सेवा धेरै राम्रो छ । यस कारण पनि हामीलाई काम गर्न सहज भएको छ ।

अशोक लेल्याण्ड गाडीका विशेषताहरु के–के छन् ?
हामीले युरोपियन गाडी नेपालमा ल्याउन सफल छौ । प्राविधिक हिसावले पनि यी गाडी राम्रा छन् । माइलेज राम्रो छ । मर्मत सम्भार खर्च पनि कम आउँछ । लामो समयसम्म समस्या आउदैन । जस्तोसुकै बाटोमा पनि लैजान सकिन्छ । गाडी बलियो छ ।

नेपाली बजारमा कुनकुन सेगमेन्टमा अशोक लेल्याण्ड बिक्री भइरहेका छन् ?
ट्रिपर, ट्रक, बस लगायतका सेगमेन्ट नेपाली बजारमा छन् । पिकअप भ्यान सेगमेन्ट पनि छ । दोस्त पिकअप जुन सानो रेन्जको छ । यी सेगमेन्टमा हामीले राम्रो बजार बिस्तार गरेका छौं ।

गण्डकी प्रदेशमा गाडी बिक्रीको अवस्था कस्तो छ ?
गण्डकी प्रदेशमा हाम्रो अवस्था राम्रो छ । छोटो समयमा नै ग्राहकको विश्वास बढेको छ । आफ्नै शोरुमबाट बिक्री तथा डेलिभरीको क्रम शुरु भएसँगै हामी धेरै सफल हुन्छौ भन्ने विश्वास मलाई छ ।

आगामी दिनमा कसरी अगाडि बढ्ने सोच बनाउनुभएको छ ?
आगामी दिनमा सर्भिस भ्यान पनि हामी ल्याउनेछौं । गाडीमा सबै इक्युपमेन्ट लिएर हिड्ने र सर्भिस दिने तयारीमा छौं । जुन आफैमा वर्कसप हो । यसले बाटोमा गाडी बिग्रिएमा सर्भिसको लागि पनि सहज हुन्छ । वनर, मेकानिक लगायतलाई विभिन्न तालिम दिनेछौं । तालिम पनि गाडीमा नै संचालन गरिनेछ । अशोक लेल्याण्ड भनेको के हो, यसका विशेषता के छन्, बिक्री पछिको सेवा के कस्तो छ, गाडीमा के गर्न हुन्छ, के गर्न हुँदैन भन्ने कुरा सिकाउछौं । मेकानिक तथा टेक्निसियन बन्न चाहनेलाई पनि धेरै कुरा सिकाउँछौं । हेल्परको काम गरिरहेकालाई पनि मेकानिक तथा टेक्निसियनको रुपमा विकास गराउन तालिम संचालन गर्ने हाम्रो लक्ष्य छ ।

https://arthikawaj.com/2018/12/8102

https://arthikawaj.com/2018/12/8102

Gepostet von Arthik Awaj am Donnerstag, 6. Dezember 2018

You might also like

Comments are closed.