आइटिएफ तेक्वान्दोबाट गण्डकी प्रदेशलाइ १ स्वर्ण, २ कास्य पदक

 

नेपालगञ्ज, ८ वैशाख

नेपालगन्ज स्थित महेन्द्र बहुमुखी क्याम्पसमा भएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत आइटिएफ तेक्वान्दोबाट गण्डकी प्रदेशले १ स्वर्ण र २ कास्य पदक हात पार्न सफल भएको छ ।

footwear zone

आइतबार भएको महिला तर्फको ४६–५० केजी तौल समुहमा गण्डकी प्रदेशकी सुस्मिता थापा मगरले स्वर्ण पदक दिलाएकी हुन् । उनले प्रदेश नम्बर ३ की निलीमा सुनुवारलाई फाइनल खेलमा पराजित गर्दै स्वर्ण पदक दिलाएकी हुन्। त्यसै गरी पुरुष एकल तर्फ ५१ देखि ५५ केजी तौल समुहमा सागर सम्शेर कुवंर र महिला तर्फको उक्त इभेन्टमा गोमा थारुले कास्य पदक दिलाएकी हुन् । शनिबारको खेलमा गण्डकी प्रदेशले ३ रजत पदक प्राप्त गरेको मुख्य प्रशिक्षक सुरज सुनारले बताए ।

You might also like

Comments are closed.