पोखरा, ६ असोज । उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जान इच्छुक विद्यार्थीलाई लक्षित गरी ग्लोबल रिच पोखराले आइतबार ‘अष्ट्रेलिया इन्फरमेसन डे’ कार्यक्रम गर्ने भएको छ । अष्ट्रेलियाको उच्च शिक्षाका बारेमा आवश्यक सम्पूर्ण जानकारी प्रदान गर्नेगरी कार्यक्रम आयोजना गरिएको ग्लोबल रिच पोखरा शाखा कोअर्डिनेटर सरिता गुरुङले जानकारी दिइन् ।
‘अष्ट्रेलिया इन्फरमेसन डेको सम्पूर्ण तयारी पुरा भएको छ,’ उनले भनिन् । न्युरोडस्थित भाटभटेनीको तेस्रो तलामा रहेको ग्लोबल रिचको शाखा कार्यालयमै कार्यक्रम हुनेछ । इन्फरमेसन डेमा अष्ट्रेलियाका ७ वटा युनिभर्सिटीका प्रतिनिधि सहभागी हुने उनले जानकारी दिइन् । अन द स्पट एसेसमेन्ट तथा प्रोसेस सुरु गरिने गुरङले बताइन् ।
दिउसो १ देखि ५ बजेसम्म कार्यक्रम हुने बताइएको छ । ‘उच्च शिक्षाका लागि अष्ट्रेलिया जान सक्ने सम्भावना तथा राम्रो प्रोफाइल भएका विद्यार्थीको इन्फरमेसन डेमा उपस्थिति रहनेछ,’ उनले भनिन्, ‘प्रशिद्ध युनिभर्सिटीका प्रतिनिधि सहभागिता रहने भएकाले विद्यार्थीका लागि यो महत्वपूर्ण अवसर हो ।’ एक एक जनालाई परामर्श प्रदान गरिने गुरुङले जानकारी दिइन् ।
अष्ट्रेलियाका धेरै युनिभर्सिटीको आधिकारिक प्रतिनिधि भएकाले ग्लोबल रिचप्रति विद्यार्थीको विश्वास बढेको गुरुङले बताइन् ।