काठमाडौं । पछिल्लो समय सुनचाँदीको मूल्य घट्ने बढ्ने क्रम चलिरहेको छ । आइतबार सुनको मूल्य घटेको छ । शुक्रबारको तुलनामा आइतबार २ सय रुपैयाँ घटेको हो ।
शुक्रबार ९४ हजार ९ सय रुपैयाँ रहेको सुनको मूल्य आइतबार ९४ हजार ७ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार तेजावी सुनको मूल्य पनि २ सय रुपैयाँ घटेकोछ । तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार २ सय रुपैयाँ छ ।
आइतबार चाँदीको मूल्य स्थिर छ । चाँदकिो मुल्य प्रतितोला १ हजार २ सय रुपैयाँ कायम भएको छ ।
Comments are closed.