आइतबार घट्यो सुनको मूल्य

काठमाडों ।

साताको शुरुवातसँगै आइतबार सुनको मूल्य घटेको छ । शुक्रबारको तुलनामा आइतबार छापावाला सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेको छ ।

शुक्रबार प्रतितोला ९३ हजार ९ सय रुपैयाँ रहेको छापावाला सुनको मूल्य आइतबार ९३ हजार ३ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ८ सय रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १ हजार १ सय ५० रुपैयाँ रहेको छ ।

You might also like

Comments are closed.