आइसर गाडीको प्रदर्शनी, २०६ वटा गाडी बुकिङ

आर्थिक आवाज
पोखरा, ८ पुस ।

पोखराको प्रदर्शनी केन्द्रमा आइसर ब्राण्डका गाडीहरुको प्रदर्शनी भएको छ । भारतीय कर्मसियल गाडी निर्माता कम्पनी भल्भो आइसर कमर्सियल भेइकलको नेपालका लागि आधिकारिक बिक्रेता इष्टर्न एजेन्सिज प्रा.लि र पोखराका लागि आधिकारिक बिक्रेता अटोवेज प्रा.लि.को आयोजनामा आइसर ब्राण्डका विभिन्न गाडीको आधिकारिक प्रदर्शनी ‘आइसर प्रोविज’ शुक्रबार र शनिबार भएको हो ।

कार्यक्रममा १५ विभिन्न मोडलका गाडी प्रदर्शनीमा राखिएको अटोवेज पोखराका प्रवन्ध निर्देशक नारायण पौडेलले जानकारी दिए । प्रर्दशनीको पोखरा महानगरका मेयर मानबहादुर जिसीले एक कार्यक्रमकाबीच उद्घाटन गरेका थिए ।

 


आइसर गाडी इन्धनमा किफायती, मर्मत खर्चकम लाग्ने साथै सहज रुपमा स्पेयर पार्टस पाइने भएकाले लोकप्रिय रहेको कम्पनीको दावी छ । ‘देशभरी ३० भन्दा धेरै वर्कसप र १ सय भन्दा वढी स्पेयर पार्टसका रिटेलर छन्,’ पौडेलले भने । नेपाली बजारमा आइसर ब्राण्डका गाडीले २५ प्रतिशत बजार हिस्सा ओगटेको कम्पनीको दावी छ ।

नेपालमा ६० भन्दा धेरै मोडलका गाडी बिक्री भइरहेका छन् । दुईदिनसम्म आयोजित कार्यक्रमले ग्राहकमा आइसर प्रति जनचेतना जगाएको पौडेलले बताए । ‘आइसरका विशेषता ग्राहकले थप बुझ्ने अवसर मिलेको छ,’ उनले भने । प्रदर्शनीकै क्रममा २ सय ६ वडा गाडी बुकिङ भएको कम्पनीले जनाएको छ ।

You might also like

Comments are closed.