‘आइसिएस ग्लोबलले अष्ट्रेलिया र न्युजिल्याण्ड जाने विद्यार्थीको विश्वास जितेको छ

’रमेश अधिकारी
प्रवन्ध निर्देशक
आइसिएस ग्लोबल प्रालि पोखरा

आइसिएस ग्लोबल प्रा.लि.ले पोखरामा नै प्रधान कार्यालय स्थापना गरी उच्च शिक्षा अध्ययनका लागि विदेश जान इच्छुक विद्यार्थीलाई परामर्श सेवा प्रदान गर्दै आइरहेको छ । विशेषगरी अष्ट्रेलिया र न्युजिल्याण्डलाई लक्षित गरी सेवा प्रदान गर्दै आइरहेको आइसिएस ग्लोबलका प्रवन्ध निर्देशक रमेश अधिकारीसँग आर्थिक आवाजले गरेको कुराकानी :

आइसिएस ग्लोबलका विशेषताहरु के के छन् ?
हामीले उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई परामर्श सेवा प्रदान गर्दै आइरहेका छौं । अष्ट्रेलिया र न्युजिल्याण्डलाई विशेष फोकसगरी सेवा प्रदान गरिरहेका छौं । चिप्लेढुंगा पोखरामा नै प्रधान कार्यालय स्थापना गरी बिगत ६ वर्षदेखि सेवा प्रदान गरिरहेका छौं । आइसिएस ग्लोबलमा परामर्श लिएर विदेशमा उच्च शिक्षा अध्ययनका लागि जान विद्यार्थीहरु आकर्षित भएको हामीले महसुस गरेका छौं । आयस्लको पूर्व तयारी कक्षा पनि हामीले सञ्चालन गरिरहेका छौं ।

विद्यार्थीलाई कसरी परामर्श प्रदान गर्नुहुन्छ ?
हामीले विद्यार्थीलाई एकएक गरी परामर्श सेवा प्रदान गर्छौं । हामीसँग परामर्श लिएका विद्यार्थीहरु प्रायको भिजा लागेको अनुभव छ । यदि कुनै देशका लागि भिजा क्यान्सिल भएमा विद्यार्थीका लागि पुन हामीले भिजाका लागि पहल गर्दै आइरहेका छौं । विद्यार्थीको सेवामा हामी निरन्तर सक्रिय छौं । भिजा लगाउन पहल गर्नुका साथै विदेश गइसकेपछि पनि एयरपोर्टबाट पिकअप गरी त्यहाँको प्रारम्भिक सेवा सुविधामा सहयोग गर्दै आइरहेका छौं । त्यहाँ गइसकेका विद्यार्थीले डिपेन्डेन्टमा परिवार लैजानका लागि पनि हामीले सहयोग र काउन्सिलिङ गर्दै आइरहेका छौं ।

अष्ट्रेलिया र न्युजिल्याण्डका कस्ता कस्ता कलेजसँग सहकार्य गर्नुभएको छ ?
न्युजिल्याण्डका प्राय युनिभर्सिटी तथा कलेजहरुलाई हामीले प्रवद्र्धन गर्दै आइरहेका छौं । अष्ट्रेलियाका पनि प्रशिद्ध प्राय युनिभर्सिटी तथा कलेजहरुसँग हामीले सहकार्य गर्न सफल छौं । विद्यार्थीको चाहना, रुची तथा क्षमता अनुसार युनिभर्सिटी तथा कलेजहरु छनोट गर्न लगाउँछौं ।

आइसिएस ग्लोबलसँग विद्यार्थीहरु कत्तिको आकर्षित छन् ?
विद्यार्थीको विश्वास जित्न सक्नु नै हाम्रो व्यावसायिक सफलता हो । प्राय विद्यार्थीको भिजा लागेकाले हामीले विद्यार्थीलाई सन्तुष्ट बनाउन सफल भएका छौं । आयल्स र एकेडेमिक र फाइनान्सियल डकुमेन्ट हेरेर भिजा लाग्ने सम्भावना बढी भएका विद्यार्थीलाई मात्र हामीले प्रोसेस अगाडि बढाउन पहल गर्छौं । भिजा लाग्नु भन्दा अगाडि विद्यार्थीबाट हामीले कुनैपनि शुल्कहरु लिँदैनौं । विद्यार्थीको सन्तुष्टि नै हाम्रो सफलता हो । हाम्रो सेवाबाट विद्यार्थीलाई आकर्षित गर्न सफल छौं । पोखरा तथा आसपासका जिल्लाबाट धेरै विद्यार्थीहरु परामर्श लिन आउँछन् । विदेश गइसकेका विद्यार्थीले पनि हाम्रो थप मार्केटिङ गरिदिएका छन् । विद्यार्थीको विश्वास जितेकाले उनीहरुको रोजाईमा हामी परेका छौं ।

अष्ट्रेलिया र न्युजिल्याण्डमा विद्यार्थीको आकर्षण कस्तो छ ?
पछिल्लो समय धेरै विद्यार्थीको रोजाईमा विदेशका उच्च शिक्षा परेको छ । विदेशमा पनि अष्ट्रेलिया र न्युजिल्याण्ड विद्यार्थीको पहिलो गन्तव्य बनेको छ । त्यहाँको गुणस्तरीय शिक्षाले नै विद्यार्थीलाई आकर्षित गरेको हो । उच्च शिक्षा पुरा गरिसकेपछि रोजगारीका अवसर तथा पिआर लिन सजिलो भएकाले पनि कतिपय विद्यार्थीहरु ती देशहरु जान रुचाउँछन् ।

You might also like

Comments are closed.