आई एफ सि फेशन डिजाईनर प्रतियोगिताको फाईनल शुक्रबार

पोखरा १३ बैशाख ।
ईन्टरनेशनल फेशन डिजाईनिङ कलेजको आयोजनामा हुने फेशन डिजाईनर प्रतियोगिताको फाईनल पोखराको होटल ग्राण्डमा बैशाख १४ गते हुने भएको छ ।

क्राईलोन प्रोफेशनल मेकअपको मुख्य प्रायोजनमा हुने प्रतियोगितामा बुटवल, चितवन, काठमाडौं, पोखरा लगायत अन्य ठाउँहरुबाट ९० भन्दा बढि प्रतियोगिहरुको सहभागिता रहेको प्रतियोगिताका संयोजक नबिन पाख्रिनले बताए ।

उनका अनुसार सहभागिहरुले बनाएका कन्ट्री स्टार, समुद्री जीबजन्तुको आकार समाबेश गरेर बनाएको डे«स, नयां पिढीले लगाउने अनुमानित ड्रेस तथा खाद्य पदार्थहरुको प्रयोगबाट बनाईएको ड्रेस डिजाईनको आधारमा बरिष्ठ फेशन डिजाईनर युवि थापा, अजिता भण्डारी र अमित बरालले बिजेता तथा उपबिजेता लगायत टप टेन छान्ने छन् ।

बिजेता, उपबिजेता तथा टप टेनमा पर्न सफल प्रतियोगिहरुले ट्रफि, नगद तथा आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्ने पाख्रिनले बताए ।
उनले भने “डिजाईनरहरुलाई र उनीहरुको कलालाई बाहिर ल्याउन यस प्रतियोगिताले थप मद्दत पु¥याउने छ ।” अन्तर निहित ड्रेस डिजाईनिङको कलालाई प्रस्फुटन गराउदै डिजाईनरहरुलाई थप उत्प्रेरणा दिने समेत आयोजकको अपेक्षा रहेको छ ।

You might also like

Comments are closed.