आकर्षक व्याजदरमा मुक्तिनाथको दुई कर्जा योजना

आर्थिक आवाज
पोखरा । मुक्तिनाथ विकास बैंकले आवासीय प्रयोजनका लागि आफ्नो वा एकाघर सदस्यको स्वामित्वमा रहेको घर, घडेरी, घरजग्गा तथा फ्ल्याट÷अपार्टमेन्टमा भएको स्व–लगानीमा ‘डेब्ट लिभरेज’ (म्भदत ीभखभचबनभ) लिने गरी इक्वालिटी फाइनान्सिङ गरिने तथा अन्थ बैंक तथा वित्तीय संस्थाले लगानी गरेको कर्जालाई पुनःलगानी गर्न सकिने गरी मुक्तिनाथ घर पूँजीकर्जा सञ्चालनमा ल्याएको छ । घर पूँजीकर्जा आकर्षक ब्याजदरमा १५ वर्षको लागि लिन सकिने जारी विज्ञप्तिमा उल्लेख छ ।

बैंकले मुक्तिनाथ सरल व्यावसायिक कर्जा पनि सञ्चालनमा ल्याएको छ । यस कर्जा विभिन्न व्यवसाय स्थापना गर्न, आधुनीकीकरण गर्न र साथै व्यवसायमा हाल भइरहेको पूँजीगत तथा चालुपूँजी स्व–लगानीमा फाइनान्सियल लिभरेज लिने गरी उद्योग, व्यापार एवं सेवामुलक संस्था व्यवसाय सञ्चालनको लागि आवश्यक पर्ने संरचना÷पूर्वाधारमा लाग्ने पूँजीगत खर्चहरु परिपूर्ति र मौज्दात, आसामी, पेश्की लगायत स्थायी प्रकृतिका चालुपूँजी आवश्यकता पूरा गर्न तथा दैनिककार्य सञ्चालनको लागि आवश्यक पर्ने अन्य कार्यशील पूँजीको लागि प्रदान गरिने विज्ञप्तिमा उल्लेख छ ।

मुक्तिनाथ विकास बैंकले हाल ४२ जिल्लामा १३४ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आइरहेको छ । प्रविधिमा आधारित रही मोबाईल बैंकिङ, क्यूआर पेमेन्ट, एटिएम, अनलाइन बैंकिङ लगायतका सेवाहरु पनि प्रदान गर्दै आइरहेको सूचना अधिकारी तिलबहादुर गुरुङले जानकारी दिए ।

You might also like

Comments are closed.