आगलागी पीडित कालीकोटका विद्यार्थीलाई सांग्रिला बैंकको छात्रवृत्ति

आर्थिक आवाज
पोखरा, २६ चैत । सांग्रिला डेभलपमेन्ट बैंकले कालीकोटका खाँडागाउँमा ८७ घर जलेर नष्ट भएका पीडित परिवारका विद्यालयमा पढ्ने बालबालिकाहरुका छात्रवृत्ती प्रदान गर्ने भएको छ । पीडित परिवारका २ जनालाई जनही रु. ५० हजार रुपैयाँका दरले छात्रवृत्ती प्रदान गरिएको हो । सामाजिक उत्तरदायित्व वहन गर्ने उद्देश्यले छात्रवृत्ती प्रदान गरिएको बैंकले जनाएको छ ।

छात्रवृत्ति रकम एक कार्यक्रमबीच बैंकका तर्फबाट सहायक महाप्रबन्धक रजित मास्केले कर्णाली प्रदेश पर्यटकीय तथा सांस्कृति संरक्षण केन्द्र, कालीकोटका अध्यक्ष टेकराज शाहीलाई रु. १ लाखको चेक हस्तान्तरण गरेका हुन् । यसबाट कालीकोट जिल्लाका खाडा गाउँका आगलागी पीडित परिवाहरुलाई केही राहत पुग्ने बैंकले जनाएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवाको अतिरिक्त बेलाबेलामा आफ्नो देशमा विद्यमान ८४ ओटा शाखा कार्यालयहरुबाट आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक संस्थाहरुलाई सहयोग गर्दै आइरहेको छ ।

You might also like

Comments are closed.