आगलागी पीडित परिवारलाई गोल्डेन चौतारीको साथ

आर्थिक आवाज
पोखरा । लायन्स क्लब अफ पोखरा गोल्डेन चौतारीको सक्रियतामा आगलागी पीडित परिवारलाई सहयोग ग रिएको छ । मादी गाउँपालिका ७ छाचोकका प्रेम बहादुर क्षेत्रीको घरमा कात्तिक २ गते दसैं टीकाको दीन आगलागी भएको थियो ।

८ जनाको परिवार बसोबास गर्ने उनको घर जलेर नस्ट भएको छ । लायन्स क्लब अफ पोखरा गोल्डेन चौतारी लायन्स र लायन्स मेम्बरहरुको सहयोगमा २० थान जस्ता पाता, ४ थान सिरक ४ थान डसना, ४ थान तन्ना, ४ थान सिरानी सहितको राहत सामग्री हालै एक कार्यक्रमका बीच सहयोग गरिएको इमर्जेन्सी एक्सन कमिटीका कोचियरपर्सन ऋषि गिरीले जानकारी दिए ।

You might also like

Comments are closed.