आगो निभाउन प्रयोग गरिने बल बजारमा

आर्थिक आवाज

वैशाख १७, पोखरा । आगो निभाउन प्रयोग गरिने ‘अटोमेटिक फायर एक्स्टेन्टगुइसर बल’ गण्डकी प्रदेशमा भित्रिएको छ । पोखरा ७ मुस्ताङचोकमा रहेको हार्दिक इन्टरटे«ड एण्ड सप्लायर्सले यो बललाई पोखरा लगायत प्रदेशभर बिक्री गर्नेगरी भित्र्याएको हो ।

एफएक्स ब्राण्डको यो बललाई आगो लागेको ठाउँमा फ्याक्न पनि सकिन्छ भने जोखिमयुक्त ठाउँमा जडान गरेर राख्न सकिन्छ । भारतमा बनेको बल्बले आगो लागेमा ‘सेल्फ एक्टिभेट ब्लाष्ट’ भइ आगो निभाउने काम गर्छ । ५ वर्षसम्म म्याद अबधी भएको यो बल आगोको जोखिम रहने जुनसुकै ठाउँमा पनि उपयुक्त हुने सप्लायर्सका सञ्चालक राजु पौडेलले जानकारी दिए ।

प्रयोगमा सजिलो, मर्मत तथा रिफिलिङ गर्नुनपर्ने, ब्लाष्टिङ भएपछि मानव स्वास्थ्यमा कुनै असर गर्ने लगायत विशेषताहरु बलमा रहेको उनले बताए । घर, स्कुल, कार्यालय, गोदाम, कलकारखाना, पेट्रोलपम्प, ग्यास बिक्रेता, बिजुली प्यानल लगायत आगोलागीका जोखिम रहने हरेक ठाउँका लागि आवश्यक रहने पौडेलले बताए ।

एउटा बलले ३६० डिग्रिमा २० देखि २५ स्क्वायर फिट क्षेत्र कभर गर्छ । आगोलागी भएको ठाउँमा ३ देखि ५ सेकेण्डमा एक्चिभेट हुनेछ । सानो ठूलो जस्तो सुकै आगो लागे पनि सजिलै निभाउने काम गर्छ । हार्दिक इन्टरटे«ड एण्ड सप्लायर्सले आयात निर्यात, विभिन्न इन्जिनियरिङ सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

You might also like

Comments are closed.