तनहुँ, २० माघ
आयुर्वेद शिरोमणि आचार्य बालकृष्णजी महाराजलाई आइतबार दमौलीमा स्वागत गरिएको छ ।
पतञ्जली योग समिति तनहुँको आयोजना तथा व्यास–२ दमौली स्थित बाराही आवसिय माविको समन्वयमा स्वागत तथा आगमन उत्सव कार्यक्रम आयोजना गरी आचार्य बालकृष्णजी महाराजलाई भव्य स्वागत गरिएको हो ।
कार्यक्रम बोल्दै आचार्य बालकृष्णले शान्ति, पवित्र ऋषिमुनीहरुको देश नेपालमा योग र आयुर्वेदको सबैलाई ज्ञान हुन आवश्यक भएकाले यसको प्रयोग गर्नु पर्नेमा जोड दिए । नेपालको सम्वृद्धि र उन्नतीको समय सुरु भएको चर्चा गर्दै बालकृष्णले आशावादी हुन सबैलाई आग्रह गरे । साथै अगार्निक र आर्युवेदिक नेपाल बनाउन अभियान सुरु गर्नुपर्ने उनको भनाइ थियो । बिद्यार्थीको जीवनलाई सहज र तेजिलो बनाउन हरेक दिन योगको खाँचो छ, उनले भने ।
सो अवसरमा उनले विद्यालयका शिक्षक तथा विद्यार्थीहरुलाई योग, अध्यात्मिक ज्ञान, खेल, वैद्दिकमन्त्र, राष्ट्रियता, आफना माता, पिता, गुरु र अग्रज व्यक्तित्वलाई सम्मान गर्ने तरिका वारेमा प्रशिक्षण दिइएको विद्यालयका प्रअ लक्ष्मण ताम्राकारले जानकारी दिए । त्यस्तै गरी आचार्य बालकृष्णजीले विद्यार्थीका इच्छा शक्ति बढाउने, दुव्र्यशनबाट बच्ने तरिका, असल मानिस बन्ने तरिका, पढाई प्रति चासो ल्याउने तरिका, नेतृत्व तथा व्यक्तित्व विकास, समाजप्रतिको जिम्मेवारी बोध लगायतका ज्ञान विद्यार्थीलाई ज्ञान दिएका थिए ।
योग अभ्यासवाट स्वस्थ रहनुमा साथै पढाईमा ध्यान केन्द्रित गर्न पनि सहयोग पुग्ने पतञ्जली योग समितिका अध्यक्ष शिवराज काफ्लेको भनाइ थियो । बिद्यालय स्तरका बालबालिकालाई योग सिकाउनाले खानपान, रहनसहन, बानी व्यहोरामा समेत सकारात्मक सोचको बिकास हुने उनले बताए ।
स्वस्थ्य जीवनका लागि योग तथा आयुर्वेदको महत्वको वारेमा जानकारी गराउन कार्यक्रम आयोजना गरिएको विद्यालयका प्रअ लक्ष्मण ताम्राकारले बताए । सोही अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रअले आचार्य बालकृष्णजीलाई नेपाली ढाका टोपि साथै मायाको चिनो प्रदान गरेका थिए । कार्यक्रममा विद्यार्थी सहित शिक्षकहरु पनि सहभागी भएका थिए ।




Comments are closed.