आजबाट लकडाउन खुकुलो, यी हुन् खुल्ने सेवा तथा व्यवसाय

काठमाडौं । आजबाट लागु हुने गरी सरकारले लकडाउनलाई खुकुलो बनाएको छ । बुधबार बसेको मन्त्री परिषद बैठकले लकडाउन खुकुलो गर्ने निर्णय गरेको हो ।

आजबाट स्वास्थ्यसम्बन्धि सबै सेवा, औषधि, खाद्य तथा पेयपदार्थ, तरकारी, फलफूल, दुग्धपदार्थ, अन्डा, माछा, मासु, खानेपानी उत्पादन, बिक्रीवितरण तथा ढुवानी, पेट्रोलियम पदार्थको ढुवानी, बिक्रीवितरण र फोहोरमैला व्यवस्थापन, विद्युत, दमकल, एम्बुलेन्स, सञ्चार तथा प्रसारण, हुलाक सेवा, बैंक तथा वित्तीय संस्था, सहकारी र बिमा सेवा, सबै प्रकारका कृषि तथा पशुपन्छी पालनसम्बन्धी सेवा, कृषि बीउबिजन, रासायनिक मल, कृषि औजार र शीतभण्डारसम्बन्धी सेवा, उत्पादनशील उद्योग, निर्माण सामग्रीसम्बन्धी उद्योग व्यवसाय सेवा खुल्ने भएका छन् ।

त्यसैगरी विकास आयोजना, निर्माण कार्य, नदी तथा खानीजन्य पदार्थ उत्खनन्, संकलन, ढुवानी र बिक्रीवितरण, रेस्टुरेन्टबाट हुने प्याकिङ तथा टेकअवे सेवा, क्वारेन्टिनका लागि तोकिएका होटल, बिजुलीका सामान बिक्री र मर्मत, विद्युतीय उपकरण, मेसिनरी र सवारी साधन मर्मत गर्ने वर्कसप, पुस्तक पसल तथा स्टेसनरी र सबै प्रकारका ढुवानी सेवा, अत्यावश्यक सेवाका कार्यालय, अन्य सरकारी कार्यालय, गैरसरकारी तथा निजी क्षेत्रका कार्यालय र बैंक तथा वित्तीय संस्थाहरू (सामान्यतया ५० प्रतिशत कर्मचारी रहने गरी) खुल्ने भएका छन् ।

You might also like

Comments are closed.