आज र भोलि पोखरामा लायन्सको महाधिवेशन, सम्पूर्ण तयारी पुरा

पोखरा, ७ वैशाख । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालको छैटौं महाधिवेशन आज (शुक्रबार) र भोलि (शनिबर) पर्यटकीय नगरी पोखरामा हुँदैछ । पोखरा सभागृह हलमा हुने महाधिवेशनको सम्पूर्ण तयारी पुरा भएको डिष्ट्रिक्ट गभर्नर धनराज आचार्यले जानकारी दिए । महाधिवेशन अन्तर्गत शुक्रबार उद्घाटन समारोह र शनिबार निर्वाचन कार्यक्रम हुने उनले बताए । महाधिवेशनको पर्यटनमन्त्री रवीन्द्र अधिकारीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

महाधिवेशनको सम्पूर्ण तयारी पुरा भएको आचार्यले जानकारी दिए । ‘पोखरमा आयोजित लायन्सको महाधिवेशनलाई भव्य र शभ्य रुपमा सम्पन्न गर्दैछौं,’ उनले भने, ‘सम्पूर्ण उपसमितिले आआफ्नो जिम्मेवारी पुरा गरिसक्नुभएको छ ।’ महाधिवेशनमा सहभागी हुन करिब १ हजार ५ सय जनाले प्रि रजिस्टेसन गरिसकेको आचार्यले जानकारी दिए ।

डिष्ट्रिक्टमा ३ सय ३३ वटा क्लब, १० हजार ५ सय १४ जना सदस्य रहेको आचार्यले जानकारी दिए । महाधिवेशनमा ७ सय ३२ जनाले मतदान गर्नेछन् । लायन वर्ष २०१८÷१९ का लागि गभर्नरमा अशोक श्रेष्ठ र प्रथम गभर्नरमा ईन्दु लम्सालको उम्मेदवारी छ । उनीहरुले लायन्सको परम्परा अनुसार ‘यस भोट’ लिनुपर्नेछ । द्वितीय गभर्नरमा भने मन बहादुर रोका र मणिश्रीरत्न बज्राचार्यले प्रतिस्पर्धा गर्दैछन् ।

महाधिवेशन सफल पार्न गभर्नर आचार्यको संयोजकत्वमा डिष्ट्रिक्टका सम्पूर्ण क्याबिनेट अफिसर, क्लबका अध्यक्ष रहेको मूल आयोजक समिति र विभिन्न ३२ वटा उपसमिति गठन भएका थिए । सबै उपसमितिहरुले जिम्मेवारी बहन पुरा गरी महाधिवेशन सफल पार्न लागिएको कम्भेनर तथा कोचिफ एडभाइजर विशेश्वर आचार्यले जानकारी दिए ।

कार्यक्रम अन्तर्गत आज दिउसो १२ः३० बजेबाट स्वागत, किट वितरण कार्यक्रम रहेको क्याबिनेट सेक्रेटरी चण्डीप्रसाद अर्यालले जानकारी दिए । ‘साँझ ७ः३० बजेसम्म बिजनेट मिटिङ चल्नेछ,’ उनले भने ।

You might also like

Comments are closed.