आज लेखनाथ महोत्सवको तेस्रो दिन, दीपक बज्राचार्यको विशेष प्रस्तुति

आर्थिक आवाज
लेखनाथ, ७ पुस । लेखनाथ उद्योग वाणिज्य संघद्वारा आयोजित १५औं संंस्करणको लेखनाथ महोत्सवमा आज शनिबार तेस्रो दिन विविध कार्यक्रम हुने भएका छन् । आज कलाकार दीपक बज्राचार्यको विशेष प्रस्तुति रहने संघका महासचिव भरतकुमार अधिकारीले जानकारी दिए ।

शनिबार साँझको कन्सर्टमा लोकप्रिय कलाकार बज्राचार्यको सांगीतिक प्रस्तुतिमा दर्शकहरु रमाउने अवसर आयोजक संस्था लेखनाथ उद्योग वाणिज्य संघले जुराएको हो । बज्राचार्य सांस्कृतिक टोलीसहित महोत्सवमा प्रस्तुत हुनेछन् । उनले आफ्ना प्रशिद्ध गीतहरु महोत्सवमा गाउने संघका उपमहासचिव तथा प्रचार–प्रसार संयोजक गोपीचन्द्र बास्तोलाले जानकारी दिए । ‘शनिबार दिउसो पनि राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहनेछ,’ उनले भने ।

You might also like

Comments are closed.