आतंक मच्चाउने भालु मृत अवस्थामा फेला

 

तनहुँ, १५ बैशाख
तनहुँको भानु १३ मा आतंक मच्चाउने भालु मृत अवस्थामा फेला परेको छ । तनहुँको भानु १३ मा आतंक मच्चाई रहेको ३ वटा भालुहरु मध्य १ वटा भालु मृत अवस्थामा फेला परेको हो ।

मानिसलाई समेत आक्रमण गर्ने ३ वटा भालुको समूहले केही समयदेखि स्थानियलाई त्रशित बनाएको थियो । भालुकै आक्रमणबाट स्थानिय २ जना घाईते समेत भएका थिए ।

भालुले वितण्डा मच्चाउदा जो कोहि साँझ देखि बाहिर हिडडुल गर्न समेत त्रासित थिए । घर घरमा तथा वारीमा रहेका खाद्यान्न, तरकारी लगायतका खानेकुरा खाई क्षेति पुर्याउँदा स्थानिय आजित भएका थिए ।

भालु बुढो भएकोले रुखबाट खसेर चोट लाग्दा मृत्यु भएको हुनसक्ने स्थानियहरुले अनुमान गरेका छन् ।

You might also like

Comments are closed.