आदिकविको अर्ध वार्षिक समीक्षा बैठक सम्पन्न

तनहुँ, १८ फागुन
आदिकवि भानुभक्त क्याम्पस दमौलीको शैक्षिक सत्र २०७५÷०७६ को क्याम्पस परिषद् एवं अर्ध वार्षिक समीक्षा बैठक शनिबार सम्पन्न भएको छ । क्याम्पस नियमावली अनुसार क्याम्पसको गतिविधि एवं शैक्षिक कार्यक्रमहरुको कार्य प्रगतिमाथि छलफल र समीक्षा गरी क्याम्पस सञ्चालक समितिलाई सल्लाह, सुझाव तथा निर्देशन दिई आवश्यक निर्णय लिनका लागि वार्षिक समीक्षा बैठक आयोजना गरिएको हो ।

उक्त वैठकमा बोल्दै प्रदेश सभा सदस्य सरिता गुरुङले यस क्याम्पसलाई गण्डकी प्रदेशको उत्कृष्ट शैक्षिक गन्तब्य बनाउनुपर्नेमा जोड दिइन् । क्याम्पसले सुरु गरेको राष्ट्रिय अन्तराष्ट्रिय सम्बन्ध विस्तार कार्यक्रमले शैक्षिक विकासमा टेवा पु्ग्ने उनको भनाइ थियो । साथै क्याम्पसका हरेक शैक्षिक तथा भौतिक योजनामा आफ्नो पुर्ण सहयोग रहने उनको प्रतिवद्धता थियो । त्यस्तै व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले क्याम्पसको प्रतिवेदनहरु वस्तुगत रुपमा प्रस्तुत गर्नुपर्ने र योजनावद्ध क्रियाकलापमा जोड दिनुपर्ने सुझाव दिए ।  एम.फिल र पिच.डी अध्ययनको लागि क्याम्पसले उपलब्ध गराउदै आएको अवसरलाई सदुपयोग गरी आफ्नो वृत्ति विकासमा समेत लाग्न प्राध्यापकहरुलाई उनले सल्लाह दिए ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष रामचन्द्र बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख पवित्रा पौडेल, सदस्य केशबहादुर सुनार, अर्जुन बहादुर अधिकारी, क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष श्रीराम कार्की, नेपाल कम्युनिष्ट पार्टीका प्रतिनिधि विष्णुभक्त सिग्देल, नेपाली काङ्ग्रेस पार्टी प्रतिनिधि मोहन गिरी, स्व.वि.यू सभापति दुर्गा भण्डारी, पुस्तकालय सल्लाहकार समितिका सदस्य हरिश्चन्द्र वाग्ले, ने.वि.संघका क्याम्पस इकाइ अध्यक्ष सुर्दशन पोख्रल लगायतले आ–आफ्नो धारणा राखेका थिए ।
बैठकमा क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले क्याम्पसको आर्थिक, भौतिक प्रतिवेदन तथा यस शैक्षिक सत्रका बाँकी ६ महिनामा क्याम्पसले गर्नुपर्ने कार्यहरु प्रस्तुत गरेका थिए सहायक क्याम्पस प्रमुख सदाखर तिमिल्सिनाले क्याम्पसको शैक्षिक गतिविधि र नतिजा सम्बन्धि प्रतिवेदनहरु पेश गरेका थिए ।

उक्त परिषदले पेश भएका शैक्षिक, आर्थिक र भौतिक प्रतिवेदनहरु का साथै यस शैक्षिक शस्त्रमा पुरा गर्नु पर्ने बाँकी कार्यक्रमहरुलाई सम्पन्न गर्ने निर्णय गदै उक्त प्रतिवेदनहरु पारित गरेको छ । साथै माननिय संस्कृति, पर्यटन तथा नागरीक उड्डयन मन्त्री रविन्द्र अधिकारी सहित अन्य विशिष्ट व्यक्तिहरुको गत फागुन १५ गते भएको हेलीकप्टर दुर्घटनामा परी निधन भएकोमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोक प्रस्ताव समेत पारित गरेको छ ।

कार्यक्रममा जनप्रतिनिधि, शिक्षाप्रेमी समाजसेवि,  पत्रकार , अभिभावक प्राध्यापक संघका पदाधिकारी, वातावरण समितिका पदाधिकारी, क्याम्पस सञ्चालक समितिका पदाधिकारी छात्रवृत्ति कोषका संस्थापकहरु, जग्गादाताहरु, अक्षय कोष संस्थापकहरु, प्राध्यापक एवं कर्मचारीहरुको उपस्थिति रहेको थियो । उक्त बैठकको सहजीकरण सहायक क्याम्पस प्रमुख आत्माराम वास्तोलाले गरेका ।

You might also like

Comments are closed.