आदिकविमा महिला हिंसा माथि वौद्धिक वहस

तनहुँ, २३ फागुन
तनहुँको दमौली स्थित आदिकवि भानुभक्त क्याम्पसमा विहिवार महिला हिंसाका सम्वन्धमा वौद्धिक वहस (प्यानल डिस्कशन) कार्यक्रम सम्पन्न भएको छ ।
१०९औँ अन्तराष्ट्रिय नारी  दिवसको सन्दर्भमा महिला हिंसा न्युनीकरणका लागि बनेको कानून र त्यसको कार्यान्वयन पक्षको विश्लेषण गर्ने र वहसमा विद्यार्थीहरुलाई सहभागी गराई विषयवस्तुको ज्ञान दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको क्याम्पस प्रमुख महाप्रसाद हड्खले जानकारी दिए । ‘प्रायजसो टेलिभिजनमा हामीले प्यानल छलफल हेरिन्थ्यो त्यही अभ्यास पहिलो पटक क्याम्पसमा गरेका हौं’ उनले भने । अन्तराष्ट्रिय नारी दिवसको अवसरमा अधिकारकर्मी, शिक्षाविद्, कानून व्यवसायी तथा राजनीतिकर्मी समेतलाई समेटिएको वौद्धिक वहसले महिला हिंसाका सबै पाटोमा गहिरो छलफल गरिएको उनले बताए ।

कार्यक्रम जिल्ला न्यायधीश दुर्गाप्रसाद ढुङ्गेलले एच.आई.भी. एड्सका संक्रमित भएकै कारण सामाजिक भेदभावसँग संघर्ष गर्दै समाज सेवामा जुटिरहेकी ऋषिङ गाउपालिका–२ की सामाजिक अगुवा तथा महिला अधिकारकर्मी तारा थापालाई दोसल्ला ओढाई सम्मान गरी कार्यक्रम उद्घाटन गरेका थिए ।  कार्यक्रममा न्यायधीश ढुङ्गेलले महिला हिंसालाई अन्त्य गर्न महिलाका लागि संविधानले प्रत्याभूत गरेका अधिकारी र न्यायिक व्यवस्थाका बारे महिलाहरुलाई जानकार बनाउन अति आवश्यक रहेकोमा जोड दिए । पुरुषका तुलनामा महिलाहरुलाई सविधानले बढी अधिकारी प्रत्याभूत गरेको चर्चा गर्दै ढुङ्गेलले महिलाहरुमा आफ्ना हक अधिकारी बारे सचेत हुन आग्रह गरे । कार्यक्रमले युवा पुस्तामा सवैधानिक कानून र अधिकारका बारेमा जानकारी हुने अवसर मिलेको भन्दै उनले खुशी व्यक्त गरे । आगामी दिनमा पनि विद्यार्थीहरुका लागि न्यायिक हक, अधिकार तथा संवैधानिक कानूनका बारेमा जानकारी गराउने खालका कार्यक्रम ल्याउने उनले प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।

वौद्धिक वहसमा समाजमा रहेका महिला हिंसा र त्यसको निरुपणका लागि बनेको कानूनहरु र तिनको कार्यान्वयनको अवस्थाका वारेमा छलफल गरिएको थियो । वहसमा क्याम्पसका संचालक समिति, अभिभावक, प्राध्यापक, विद्यार्थीहरुले जिज्ञासा राखेका थिए । वौद्धिक वहसमा सहभागी प्यानल सदस्यहरु र सम्बन्धित संस्थाका प्रतिनिधिहरुले जिज्ञासा मेटाएका थिए । प्यानल सदस्यहरुमा जनप्रतिनिधि व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, कानून व्यावसायी विश्व वास्तोला, राजनीतिक तथा सामाजिक अगुवा नेकपा नेतृ भगवती न्यौपाने, अधिकारकर्मी सरिता भण्डारी, शिक्षाविद् विना कैनी गोदार र जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि प्रहरी निरिक्षक जनकराज वन्जरा रहेका थिए ।
विद्यार्थीहरुले प्रत्यक्ष रुपमा विषयगत विशेषज्ञसँग अन्तरक्रिया गर्न पाउँदा र महिलाहरुको न्यायिक हक र अधिकारको बारेमा जानकारी मिलेमा आफुलाई खुशी लागेको प्रतिक्रिया दिएका थिए ।
उक्त वहस कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष रामचन्द्र वस्नेत, उपाध्यक्ष श्रीराम कार्की उक्त जिल्ला प्रसाशन कार्यालय तनहुँका प्रशासन अधिकृत लोकराज सुवेदी, नेपाल आदिवासी जनजाति महासंघ तनहुँका अध्यक्ष एवम् व्यास ४ वडा सदस्य वसुन्धरा धर्ती, सहायक प्रमुखहरु आत्मराम वास्तोला तथा सदाखर तिमिल्सिना, अभिभावक, प्राध्यापक, कर्मचारी, विद्यार्थी लगायतको सहभागीता रहेको थियो । कार्यक्रममा धन्यवाद ज्ञापन अध्यक्ष बस्नेतले गरेका थिए भने कार्यक्रम संचालन शिक्षा विभाग प्रमुख कल्पना लम्सालले गरेकी थिइन् ।

You might also like

Comments are closed.