आदिकविमा सहकारी तथा फिनाक्ट सफटवेर सम्वन्धि प्रशिक्षण सुरु

तनहुँ,२७ वैशाख
तनहुँको आदिकवि भानुभक्त क्याम्पसमा सहकारी तथा फिनाक्ट सफटवेर सम्वन्धि प्रशिक्षण शुक्रवारबाट शुरु भएको छ । विद्यार्थीहरुमा सहकारीको सैद्धान्तिक तथा व्यवहारिक ज्ञान प्रदान गर्न तथा व्यवस्थापन तर्फका विद्यार्थीहरुको पठनपाठनमा समेत सहयोग पु¥याउने उद्देश्यले कार्यक्रम राखिएको क्याम्पसले जनाएको छ ।

क्याम्पसको व्यवस्थापन विभागको आयोजनामा शुरु भएको उक्त दुइ दिने प्रशिक्षणको क्याम्पस संचालक समितिका उपाध्यक्ष श्रीराम कार्किले उदघाटन गरे ।  प्रशिक्षणमा सहकारीको सैद्धान्तिक पक्ष, सहकारी व्यवस्थापन, कर्जा प्रवाह, ग्राहक सेवा, सहकारी खाताहरु र सहकारीहरुले आर्थिक अभिलेखका लागि प्रयोग गर्ने फिनाक्ट सफ्टवेयर सम्वन्धमा विज्ञहरु रामभक्त घिमिरे र विरेन्द्र पौडेलले प्रशिक्षण दिएका थिए ।

प्रशिक्षणमा विभिन्न माध्यामिक विद्यालयवाट व्यवस्थापन समुहमा कक्षा १२ को अन्तिम परिक्षा दिएर वसेका २० जना विद्यार्थीहरुको सहभागिता रहेको छ ।  क्याम्पसमा उपलव्ध विज्ञको सहयोगमा समुदायका युवाहरुलाई ज्ञानसिप हस्तान्तरण गर्ने यस प्रकारका कार्यक्रम क्याम्पसले विगतदेखी नै गर्दै आइरहेको क्याम्पस प्रमुख महाप्रसाद हडखलेले जानकारी दिए ।
उद्घाटन सत्रमा सहायक क्याम्पस प्रमुख सदाखर तिमिल्सेनाले स्वागत गरेका थिए भने कार्यक्रम संचालन सहायक क्याम्पस प्रमुख आत्मराम वास्तोलाले गरेका थिए ।

You might also like

Comments are closed.