तनहुँ, ५ बैशाख
तनहुँको आदिकवि भानुभक्त क्याम्पस र अमेरिकाको मिजौरी साउदन स्टेट विश्वविद्यालय बीच बिहिबार एक कार्यक्रम गरी सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ । सम्झौता पत्रमा आदिकवि क्याम्पसको तर्फबाट क्याम्पस सञ्चालक समितिका अध्यक्ष रामचन्द्र बस्नेत र मिजौरी साउदन स्टेट विश्वविद्यालयका तर्फबाट विश्वविद्यालयका कार्यकारी उपाध्यक्ष डा.व्रयाड हडसनले हस्ताक्षर गरेका छन् ।

सम्झौता भएसँगै दुबै क्याम्पसमा अध्ययनरत विद्यार्थी र शिक्षकहरु आदान प्रदान गर्ने बाटो औपचारीक रुपमा खुलेको क्याम्पसले जनाएको छ । कार्यक्रममा क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले क्याम्पसको परीचय गराएका थिए भने आदिकवि भानुभक्त क्याम्पस र साउदन स्टेट विश्वविद्यालयकका बीच संस्थागत सहयोेग किन ? र के का लागि ? यसका लक्ष्य र उद्देश्य , विश्वविद्यालयको शिक्षण सिकाई विधी, शोध तथा अनुसन्धानको बारेमा डा.व्रयाड हडसन, माइकल सान्डर्स, डा.च्याड स्टिेविन्सले जानकारी गराएका थिए । मिजौरी साउदन स्टेट विश्वविद्यालय र आदिकवि भानुभक्त क्याम्पसको सम्बन्ध र सहकार्यलाई चिर स्थायी बनाउन क्याम्पस परिसरमा वृक्षरोपण समेत गरिएको थियो ।
सोही अवसरमा भएको अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय सभा सदस्य प्रकाश पन्थ, प्रदेश सभा सदस्य सरिता गुरुङ, जिल्ला समन्वय समितिका प्रमुख शान्ति रमण वाग्ले, उपप्रमुख पवित्रा पौडेल, व्यास नगरपालिकाका उपप्रमु्ख मिरा जोशी, मिजौरी साउदन स्टेट विश्वविद्यालयका कार्यकारी उपाध्यक्ष डा.व्रयाड हडसन, माइकल सान्डर्स, डा.च्याड स्टिेविन्स् लगायतले आदिकवि भानुभक्त क्याम्पस र मिजौरी साउदन स्टेट विश्वविद्यालय विचको सहकार्यले क्याम्पसको शैक्षिक विकासमा मदत मिल्ने विश्वास ब्यक्त गरेका थिए ।
उक्त अवसरमा आदिकवि भानुभक्त क्याम्पस र उक्त विश्वविद्यालय विच सम्बन्ध स्थापनाका लागि विशेष भुमिका खेल्ने पत्रकार महासंघ तनहुँका पूर्व अध्यक्ष प्रदिप काफ्ले, अमेरिकी राजदुतावासका कर्मचारी अपार पौडेल लगायत क्याम्पस सञ्चालक समितिका पूर्व अध्यक्षहरु ताराप्रसाद श्रेष्ठ, समुन्द्र गोदार, सञ्चालक समितिका उपाध्यक्ष श्रीराम कार्की लगायत समितिका सदस्यहरु, स्थानीय निकायका जनप्रतिनिधिहरु, प्राध्यापक एवं कर्मचारी, अभिभावक, विद्यार्थी प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
Comments are closed.