आर्थिक आवाज
पोखरा, १२ पुस । वुद्व विशाल बजार व्यापारिक एशोसियसनले टोलीले कास्कीको पर्यटकीय गाउँ माछापुच्छ«े गाउँपालिका धितालको ह्याङजाकोटमा आफ्नो अवलोकन भ्रमण गरेको छ । आन्तरिक पर्यटनलाई टेवा पु¥याउने उद्देश्यले भ्रमण गरिएको संघका अध्यक्ष केशव खत्रीले जानकारी दिए ।
एशोसियसनका सचिव बुद्धी कुवँरको संयोजनको भएको उक्त अवलोकन भ्रमण टोलीलाई स्थानीय आमा समूह, युवा क्लब सहितको टोलीले पञ्चेबाजा सहित स्वागत गरेका थिए ।
कार्यक्रममा बोल्दै वुद्व विशाल बजार व्यापारिक एशोसियसनका अध्यक्ष केशव खत्रीले पोखरा नजिकै रहेर पनि यति सुन्दर ठाउँ ओझेलमा परेकाले यसको प्रचार प्रसार गर्न वुद्व विशाल बजारको टोली आएको बताए । खत्रीले व्यवसायी साथीहरुका अनेक किसिमका तनावहरु बिर्साउन ह्याङजाकोट उचित ठाउँ रहेको बताए ।
कार्यक्रममा एशोसियसनका निवर्तमान अध्यक्ष प्रदीप मुल्मीले यहाँका आमा समूह क्लबसँग बुद्व विशाल बजार व्यापारिक एशोसियसन सहकार्य गरेर कुनै पनि सामाजिक काम गर्न तयार रहेको बताए ।
अवलोकन भ्रमणका संयोजक तथा एशोसियसनका सचिव बुद्धि कुवँरले ह्याङजाकोट निकै रमाइलो रहेको बताउँदै स्वागत सत्कारले आफूहरुलाई फेरी पनि आउने वतावरण बनाएको बताए ।
कार्यक्रममा वुद्व विशाल बजार व्यापारिक एशोसियसनका उपाध्यक्ष शिव शर्मा, महासचिव ईन्द्र अर्याल, कोषाध्यक्ष राजु केसी ह्याङजाकोट होमस्टेका संयोजक ईश्वर गुरुङ, अनिल गुरुङ लगायतले बोलेका थिए ।
Comments are closed.