आन्तरिक पर्यटन प्रवर्द्धन गर्दै लेखनाथका हार्डवयर व्यवसायी

चैत्र १०, पोखरा

हप्ताभरीको कामको विश्राम संगै आन्तरिक पर्यटन प्रवर्द्धन गर्न लेखनाथका संगठित हार्डवयर व्यवसायीहरु शुक्रवार भुज्रुङखोला पुगेका हुन् ।
लेखनाथ हार्डवयर एसोसिएसनको आयोजनामा करिव ४० को संख्यामा रहेका हाडवयर व्यवसायी सहितको टोलि भुज्रुङखोलामा रहेको माछापुच्छ्रे रेन्वो ट्राउटमा पुगेका थिए ।

आन्तरिक पर्यटन प्रर्वद्धन संगै नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर कार्यक्रमको आयोजना गरिएको एसोसिएसनका अध्यक्ष विजय गुरुङले जानकारी दिए । हरेक वर्ष नेपालको कुनै एक ठाउँ पुग्दै एसोसिएसन भित्रका व्यवसायी साथीहरु विच भाईचारा कायम गर्ने उदेश्य सहित टोलि रेन्वो ट्राउट अवलोकन गर्न पुगेको उनले वताए ।

हार्डवयर व्यबसायीहरु धेरै वैदेशिक यात्रामा जाने चलनलाई चिर्दै एसोसिएसनले यस अघि लमजुङको घलेगांउ, कास्कीको ल्वाङघलेल र पोथना पुगिसकेको छ कार्यक्रम संयोजक प्रकाश कार्कीले जानकारी दिए ।

कार्यक्रममा संस्थापक अध्यक्ष तथा सल्लाहकार राजेन्द्र ओझाको संयोजकत्वमा एसोसिएसनको भवन निर्माण समिति गठन गरिएको छ । २०७२ सालको महाभुकम्पले गर्दा भवन निर्माण स्थगित गरेर एसोसिएसनले प्रभावित जिल्लामा राहत वितरण गर्न पुगेको थियो। “हामी अरुका घर वनाउछौं तर आफ्नै घर भने छैन“ ओझाले भने । समितिले केही समयमा तदर्थ समिति चयन गरेर भवन निर्माण गर्न पहल गर्ने अर्का सल्लाहकार सुदेव गुरुङले वताएका छन ।
उक्त कार्यक्रममा नयाँ हार्डवयर व्यवसायी रामकृष्ण खनाल, राजु रिमाल र शरण नेपालीलाई एसोसिएसनमा स्वागत गरिएको थियो ।

You might also like

Comments are closed.