आन्तरिक पर्यटन वर्ष २०१९ मूल आयोजक समितिको अध्यक्षमा पर्यटनमन्त्री, संयोजकमा जुद्ध गुरुङ

आर्थिक आवाज
पोखरा । आन्तरिक पर्यटन वर्ष २०१९ मूल आयोजक समितिको अध्यक्षमा गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्साल चयन भएका छन् । समितिको संयोजकमा भने पर्यटनविद् जुद्ध गुरुङ चयन भएका छन् ।

सोमबार एक औपचारिक कार्यक्रम गरि घोषणा गरिएको समितिमा गण्डकी प्रदेशका सात वटै मन्त्रालयका सचिव, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष र आयोगमा पर्यटन हेर्ने सदस्य, जिल्ला समन्वय समितिका प्रमुखहरु, प्रदेशमा रहेका ८५ वटै स्थानिय तहका प्रमुखहरु रहेका छन् । त्यस्तै समितिको सदस्यहरुमा १४ जना पर्यटन विज्ञ, नेपाल पर्यटन वोर्ड गण्डकी प्रदेश कार्यालय र पर्यटन सम्बद्ध संघसंस्थाको तर्फबाट १÷१ जना, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश अध्यक्ष र नेपाल साना तथा घरेलु उद्योग महासंघ गण्डकी प्रदेशका अध्यक्ष सदस्य रहेका छन् ।

आन्तरिक पर्यटन वर्ष सफल बनाउन विभिन्न ९ उप समिति बनाइएको छ । प्रचारप्रसार उप समिति संयोजकमा पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, अतिथि सत्कार उप समिति संयोजकमा पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचन, नीति नियम परिमार्जन उपसमिति संयोजकमा टीकाराम सापकोटा, महोत्सव तथा कार्यक्रम संयोजन उप समिति संयोजकमा पोखरा पर्यटन परिषदका उपाध्यक्ष गोपी भट्टराई र श्रोत परिचालन तथा अनुगमन उपसमिति संयोजकमा भरतराज पराजुली रहेका छन् ।

त्यस्तै, राजनीतिक समन्वय तथा सुरक्षा व्यवस्थापन उप समिति संयोजकमा बासु त्रिपाठी महिला परिचालन उप समिति संयोजकमा लक्की कार्की, सांस्एकृतिक सम्पदा, पर्वतीय पर्यटन समन्वय समितिको संयोजकमा हरि भुजेल र अन्र्तराष्ट्रिय पर्यन प्रवद्र्धन उप समिति संयोजकमा सुन्दर पौडेल रहेका छन् ।

You might also like

Comments are closed.