आन्तरिक पर्यटन वर्ष २०१९ को लोगो बनाउन आह्वान, ५० हजार पुरस्कार

आर्थिक आवाज
पोखरा, २८ पुस । गण्डकी प्रदेश आन्तरिक पर्यटन वर्ष २०१९ को लोगो बनाउन आह्वान गरिएको छ ।

गण्डकी प्रदेश सरकारले घोषणा गरेको आन्तरिक पर्यटन वर्ष २०१९ को लोगो बनाउने व्यक्तिलाई ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने नेपाल पर्यटन बोर्ड पोखराका वरिष्ठ अधिकृत सूर्य थपलियाले जानकारी दिए । १५ दिनभित्र लोगो डिजाइन गरी पर्यटन बोर्ड पोखराको कार्यालयमा बुझाउन सूचना जारी गरिएको छ ।

You might also like

Comments are closed.