आमाको स्मृतिमा सांसद गुरुङद्वारा छात्रबृत्ति वितरण

पोखरा । गण्डकी प्रदेशका सांसद मीना गुरुङले आफ्नी आमाको स्मृतिमा छात्रबृत्ति वितरण गरेकी छन् । आमा धनकुमारी गुरुङ र सानी आमा धनसुब्बा गुरुङको स्मृतिमा सांसद गुरुङले क्यूपेक नेपालको २३ औं स्थापना दिवसको सन्दर्भमा शनिबार पोखरामा आयोजित एक समारोहबीच गरिब तथा जेहेन्दार दुई जना छात्रालाई छात्रबृत्ति वितरण गरेकी हुन्।

अम्मरसिंह नमुना माविकी कक्षा २ मा अध्ययनरत छात्रा आयुषा पौडेल र सिद्ध वाराही मावि कक्षा ७ मा अध्ययनरत समिक्षा भण्डारीलाई सांसद गुरुङले छात्रबृत्ति स्वरुप जनही ७ हजार ५ सय रुपैयाँका साथमा शैक्षिक सामगी्र (झोला र कपि) सहयोग हस्तान्तरण गरिन् । हरेक वर्ष गण्डकी प्रदेशका दुई जना छात्रालाई यसै गरी छात्रबृत्ति वितरण गर्ने योजना बताएको उनले बताइन् ।

सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको हौसला स्वरुप सानो सहयोगको अभियान सुरु गरेको उनले बताइन् । क्यूपेक नेपाल कास्की जिल्ला कमिटिका अध्यक्ष हरिभक्त श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सचिव तीर्थराज मगरले कार्यक्रम संचालन गरेका थिए ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.