पोखरा, १४ असोज ।
पोखराको पृथ्वीचोकस्थित आमा मिलन बहुउद्देश्यीय बचत तथा ऋण सहकारी संस्था लि. को आठौं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । गण्डकी प्रदेशसभा सदस्य मिनप्रसाद गुरुङले साधारणसभाको उद्घाटन गरेका हुन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि गुरुङले सहकारी व्यक्तिका लागि मात्र नभएर राज्यको अर्थतन्त्रको मेरुदण्ड रहेको चर्चा गरे । उनले संकलित पुँजीलाई एकीकृत उत्पादनमा लगाउन आग्रह गरे । पर्यटन र उर्जा पुँजी लगानी गर्न सकिने संभावित क्षेत्र रहेको गुरुङले औंल्याए । उनले राज्यले सहकारी ऐन बनाएपनि नियमावली बनाइ नसकेको उल्लेख गरे ।
विशेष अतिथि आमा मिलन केन्द्रकी अध्यक्ष ईन्दिरा पौडेलले स्वयं संस्थालाई गतिशील बनाउन र शेयर सदस्यहरुको वृहत्तर हितलाई ध्यानमा राखेर संस्था अगाडि बढेको उल्लेख गरिन् । संस्थाले हरेक योजनाहरु कार्यहरु बनाउँदा शेयर सदस्य केन्द्रीत बनाउन सहकार्य र साझेदारीमा ध्यानदिनुपर्नेमा जोड दिइन् ।
कार्यक्रममा पोखरा–८ का वडा अध्यक्ष रुद्रनाथ बराल, संस्थाका सल्लाहकार देवकुमार श्रेष्ठ, शेयर सदस्यहरु चण्डीप्रसाद अर्याल, यामप्रसाद पौडेल, सक्रिय शेयर सदस्यहरु धनकुमारी गुरुङ, भोलानाथ बराल, सम्मानीत एकल महिला दुर्गा केसी र सम्मानीत विद्यार्थी डा. शुशिल शर्मालगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा संस्थाका अध्यक्ष कृष्णबहादुर थापा क्षत्रीले संचालक समितिको वार्षिक प्रतिवेदन, सचिव ध्रुवराज पौडेलले नीति तथा कार्यक्रम र कोषाध्यक्ष गोविन्द तुलाचनले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा उत्कृष्ट बचतकर्ता संस्थाकी अध्यक्ष ईन्दिरा पौडेल र धनकुमारी गुरुङ तथा असल कर्जा कारोबारी पदमपाणी भट्टराईलाई संस्थाले सम्मान गरेको थियो । कार्यक्रममा १५ जना विद्यार्थीहरु (शेयर सदस्यहरुका छोराछोरी), ७ जना ज्येष्ठ नागरिक र ८ जना एकल महिलाहरुलाई सम्मान गरिउको थियो ।
संस्थाका अध्यक्ष कृष्णबहादुर थापा क्षत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष निर्मला घिमिरेले स्वागत मन्तव्य र सचिव ध्रुवप्रसाद पौडेलले कार्यक्रम संचालन गरेका थिए ।
Comments are closed.