आमा समूहको भवनलाई २५ लाखको जग्गादान

आर्थिक आवाज

तनहुँ, १६ पुस । व्यास नगरपालिका वडा नं १ गल्बुवेशी स्थित गल्वुवेसी सिर्जनशील आमा समूहको भवन निर्माणको लागी जग्गा दान प्राप्त भएको छ । सोही ठाँउ निवासी यशोदा भट्ट क्षेत्रीले आफ्ना दिवगंत पति बालकृष्ण भट्ट क्षेत्री स्मृतिमा करिब पच्चिस लाख बराबरको जग्गादान गरेकी हुन ।

क्षेत्रीले आफ्नो घर छेउकै १३ फुट बाटो मोहडामा पर्ने ३ आना घडेरी आमा समूहको सामुदायिक भवन निर्माण गर्नका लागी दान गरेकी हुन् ।  आमा समूहको भवन अभावमा समूहको आवश्यक कागजात झोलमा बोकी चौरमा वा खुल्ला ठाँउमा बैठक बस्नुपर्ने बाध्यात्मक परिस्थितीको अन्त्य होस् भन्ने उद्देश्यले जग्गादान गरेको यशोदाले बताइन् ।

क्षेत्रीले उक्त जग्गा मलपोत कार्यालय तनहुँमा आमा समूहको नाममा रजिष्ट्रेसन पास गरिदिएको आमा समूहकी सचिव गीता बास्तोलाले जानकारी दिइन् । आमा समूहले केही रकम तिहारमा दैउसी भैलो खलेर संकलन गरेको र भवनको लागी अपुग रकम स्थानीय र सरकारसँग सहयोगको अपिल गरिने आमा समूहकी अध्यक्ष समेत रहेकी यशोदा भट्ट क्षेत्रीले बताइन् ।

You might also like

Comments are closed.