आमा समूह र संघसंस्थाको साथबाट उत्साही छौं

जानुका अधिकारी
कार्यसमिति सदस्य, लेखनाथ उद्योग वाणिज्य संघ
संयोजक, संघसंस्था तथा आमा समूह परिचालन उपसमिति, १५औं लेखनाथ महोत्सव

लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा अहिले लेखनाथस्थित तालचोकमा १५औं संस्करणको लेखनाथ महोत्सव जारी छ । पुस ५ गते सुरु महोत्सव १६ गतेसम्म जारी रहनेछ । महोत्सवमा आमा समूह तथा संघसंस्थाको सहभागिता निकै उत्साहजनक छ । उद्घाटनको दिन करिब ५ सय वटा झाँकीको उपस्थिति रह्यो । छुट्टाछुट्टै व्यानरमा फरकफरक पहिचानसहित आएका ती झाँकीले लेखनाथ महोत्सवलाई महोत्सवको पनि महोत्सव बनाउन थप टेवा पु¥याएको छ भन्ने मलाई लाग्छ । उद्घाटनको दिन मात्रै होइन महोत्सव अवधिभर यहाँका आमा समूह तथा संघसंस्थाको साथ र माया पाएका छौं ।

संघसंस्था तथा आमा समूह परिचालन उपसमितिले राम्रोसँग काम गरेको छ भन्ने प्रमाणित भइसकेको छ । महोत्सवको तयारीसँगै आमा समूह तथा संघसंस्थाको भेला राखेका थियौं । भेलाबाट आमा समूहहरु तथा संघसंस्थाले महोत्सव भव्य र शभ्य रुपमा सम्पन्न गर्न सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । सोही प्रतिबद्धता अनुसार हामीले अपेक्षा गरेको भन्दा बढी माया पाउँदा निकै उत्साही छौं ।

आमा समूह तथा संघसंस्था झाँकी तथा ¥यालीमा व्यानर सहित उपस्थित भएपछि ६ वटा पासको व्यवस्था गरेका थियौं । मायाको चिनो पनि प्रदान गरिसकेका छौं । ठूलो संख्यामा उपस्थित भएको झाँकी तथा ¥यालीलाई व्यवस्थित बनाउन पनि हामी सफल भयौं । सल्लाहकार सहित यस उपसमितिमा ५० जना सदस्य छौं । १५औं लेखनाथ महोत्सव सफल पार्न साथ दिने सम्पूर्ण आमा समूह, टोल विकासस ंस्था, जातीय एवं धार्मिक संघसंस्था, कृषि समूह, वन समूह, साँस्कृतिक समूह लगायत सम्पूर्ण लेखनाथबासीप्रति हामी आभारी छौं । आगामी दिनमा पनि यस्तै साथ र माया पाउनेमा हामी विश्वस्त छौं ।

You might also like

Comments are closed.