आरोग्य आश्रम टुटुङगालाई हेविवेट सोलार वाटर हिटर सहयोग

पोखरा, १४ मंगलबार । पोखरा १५ टुटुङगामा रहेको आरोग्य आश्रमलाई लायन्सले सहयोग गरेको छ । लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ बि१, नेपाल अन्तर्गतको क्लस्टर नं. २४ ले एक लाख रुपैयाँ बराबरको हेविवेट सोलार वाटर हिटर सहयोग गरेको हो ।

मंगलबार एक कार्यक्रमबीच उक्त सोलार वाटर हिटर हस्तान्तरण गरिएको क्लस्टर प्रमुख शिवराज आचार्यले जानकारी दिए । ‘क्लस्टर अन्तर्गतका सम्पूर्ण क्लबहरुको सहभागितामा सहयोग हस्तान्तरण गरिएको हो,’ उनले भने ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स डिष्ट्रिक्टका सेकेण्ड भाइस गभर्नर विशेश्वर आचार्यले आश्रमलाई सोलार वाटर हिटर सहयोग गरेर क्लस्टरले उदाहरणीय कार्य गरेको बताए । कार्यक्रममा डिष्ट्रिक्टका क्याबिनेट सेक्रेटरी विनोद ढुंगाना, पढाऔं अभियान चिफ चण्डिप्रसाद अर्याल, रिजन चियरपर्सन सुशीला कोइराला, लक्ष्मी बराल, लायन्स क्लब अफ पोखरा मिड टाउनका अध्यक्ष सुरेन्द्र पौडेल, आश्रमका अध्यक्ष नारायण शर्मा, अन्नपूर्ण सोलार कम्पनीका सञ्चालक नारायण बास्तोला लगायतले बोलेका थिए ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.