आर्थिक वर्ष २०७७÷७८ को नीति तथा कार्यक्रममा कलाकारको ध्यानाकर्षण

पोखरा ।
कोरोनाको असर हेरी चरणबद्ध रुपमा “ललितकला थेरापी” प्याकेज ल्याइनु पर्ने माग गर्दै विश्वकला यात्री प्राज्ञ नगेन सिंह, प्रताप बानियाँ, सुवास भण्डारी र प्रकाश पुनले जिल्ला प्रशासन कार्यालय कास्कीमा ज्ञापन पत्र बुझाएका छन् ।
ज्ञापनपत्र बुझ्दै कार्यालय प्रमुख चित्राङगत बरालले नेपाल आँफै कला संस्कृतिको धनि देश हो । पहिले देखि नै कला संस्कृतिको देश भनेर चिनिएको थियो तसर्थ विभिन्न सुझाव सहितको ज्ञापनपत्र प्रधानमन्त्रीकोमा पठाईदिने बचन व्यक्त गरे ।
ज्ञापन पत्रमा हरेक सरकारी विद्यालयमा अनिवार्य ललितकलाको कला गुरु राख्नुपर्ने, विभिन्न श्रोत मार्फत उठेको करबाट निश्चित प्रतिशत ललितकलामा लगाउनु पर्ने, हरेक सरकारी कार्यालयमा अनिवार्य एक कलाकृति राखिनु पर्ने, नेपालका कलाकारहरुको कलाकृतिहरु बैंकमा धितो राखेर ऋण सुविधा उपलब्ध गराउनु पर्ने मागहरु रहेको विश्वकला यात्री प्राज्ञ नगेन सिंहले जानकारी दिए ।

You might also like

Comments are closed.