आर्थिक विधेयक २०७६ मा व्यवस्था भएको परिवर्तित कर निति सम्वन्धी जानकारी तथा अन्तरक्रिया कार्यक्रम

 

लेखनाथ, २७ जेठ

नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको दोस्रो वार्षिकोत्सवको अवसर मा नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको आयोजना आर्थिक विधेयक २०७६ मा व्यवस्था भएको परिवर्तित कर निति सम्वन्धी जानकारी तथा अन्तरक्रिया कार्यक्रम सोमबार सम्पन्न भएको छ । लेखनाथ उद्योग वाणिज्य संघको आतिथ्यतामा लेखनाथ उद्योग वाणिज्य संघको सभाहलमा कार्यक्रम भएको हो ।

नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष संजिव वहादुर कोइरालाको सभापतित्वमा कार्यक्रम भएको हो । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष मोति प्रसाद पौडेल, कोषाध्यक्ष बलराम ढकाल, कार्यसमिति सदस्य हरिप्रसाद गैहे, रोजगार परिषदका सभापति लक्ष्मीप्रसाद त्रिपाठी, लेउवा संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्य, पूर्व अध्यक्ष बाबुराम गिरी लगायत यस क्षेत्रका उद्योगी व्यवसायीहरुको उल्लेख्य सहभागिता रहेको उक्त कार्यक्रममा आन्तरिक राजश्व कार्यलय पोखराका प्रमुख कर अधिकृत केशव कुमार उप्रेतीले आर्थिक विधेयक २०७६ मा व्यवस्था भएको परिवर्तित करको सम्वन्धमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णहरि भण्डारीले धन्यवाद व्यक्त गरेका थिए । कार्यक्रम संचालन लेखनाथ उद्योग वाणिज्य संघका महासचिव भरतकुमार अधिकारीले गरेका थिए ।

You might also like

Comments are closed.