आर्थिक समृद्धिका लागि महिला उद्यमशीलता (सन्दर्भः महिला उद्यमी मेला २०७५)

विश्वशंकर पालिखे
अध्यक्ष, पोखरा उद्योग वाणिव्य संघ

मेलामा नेपालभरीबाट महिलाको सहभागिता रहन्छ । महिला उद्यमशीलताको विकास गर्नुका साथै महिलाद्वारा बनाइएका सामानको प्रदर्शनी तथा बिक्री वितरणको लागि मेला आयोजना गरिएको हो । हरेक २÷२ वर्षमा महिला उद्यमी उपसमितिले मेलाको आयोजना गर्दै आइरहेको छ ।

महिलाको क्षमता तथा दक्षता अभिवृद्धिको लागि पनि मेला सहयोगी हुनेछ । मेलालाई निरन्तरता दिने लक्ष्य पोखरा उद्योग वाणिज्य संघले लिएको छ । महिला उद्यमशीलताले देशको अर्थतन्त्रमा पनि ठुलो सहयोग पु¥याउनेछ । महिलालाई सक्रीय बनाउनुका साथै आत्मनिर्भर बन्नको लागि पनि मेलाले प्रेरणा प्रदान गर्नेछ । महिला उद्यमीबीच एक आपसमा परिचय गर्ने तथा आफ्नो अनुभव आदान प्रदान गर्ने थलो मेला बन्नेछ ।

आर्थिक समृद्धिको लागि महिला उद्यमशीलता आवश्यक छ । आर्थिक गतिविधिलाई पनि मेलाले चलायमान बनाउनेछ । महिलाले उत्पादन गरेका सामानको बजारीकरण तथा प्रवद्र्धनमा मेला सहयोगी बन्नेछ । महिला उद्यमी उपसमिति मेलाको आयोजना भएपनि यो पोखरा उद्योग वाणिज्य संघकै मेला हो । मेलालाई सफल बनाउन हामी सक्रिय भएर लागिरहेका छौं ।

You might also like

Comments are closed.