आश्रमलाई माउन्टेन सिटीद्वारा पानी ट्याङकी र नगद सहयोग

पोखरा, २२ असार । लायन्स क्लब अफ पोखरा माउन्टेन सिटीले पोखरा ३१ स्थित लेखनाथको किमबेसीको गोरखनाथ मन्दिरको आश्रममा सहयोग गरेको छ । क्लबको आयोजनामा शुक्रबार वृक्षरोपण, खानेपानी ट्याङकी हस्तान्तरण तथा आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।

फलफुल, धुवी र सल्लो लगायतका बिरुवा रोपिएको संस्थापक अध्यक्ष तथा रिजन चियरपर्सन डोलराज पोखरेलले जानकारी दिए । क्लबले आश्रमका लागि १ हजार लिटर क्षमताका खानेपानी ट्याङकी निर्माण गरेको छ ।

भौतिक पूर्वाधार निर्माणका लागि ११ हजार रुपैयाँसमेत आश्रमलाई सहयोग गरिएको क्लबका अध्यक्ष हर्कबहादुर अधिकारीले जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथि इभालुएसन डिपार्टमेन्ट चिफ तीर्थलाल श्रेष्ठले क्लबले स्थापनाको छोटो समयमा सामाजिक काममा अग्रणी बनेको बताए ।

क्लबका सल्लाहकार प्रेमबहादुर थापाकोे संयोजकत्वमा भएको कार्यक्रममा कमिटि को¬–चियरपर्सन कृष्ण पराजुली, सचिव शक्ति बराल, तृतीय उपाध्यक्ष रविन केसी लगायतले बोलेका थिए ।

You might also like

Comments are closed.