आहा ! रारा गोल्डकपको उपाधिका लागि थ्रीस्टार र आर्मी भिड्ने

आर्थिक आवाज
पोखरा, १६ फागुन । पोखरामा जारी आहा ! रारा गोल्डकपको उपाधिका लागि थ्रीस्टार क्लब र नेपाली सेनाको त्रिभूवन आर्मी क्लबबीच भिडन्त हुने भएको छ । बिहीबार भएको दोश्रो सेमिफाइनल खेलमा आर्मीले डफिन्स टीम फेमेलीलाई १–० ले हराउँदै आहा ! रारा गोल्डकपको उपाधिका लागि थ्रीस्टारसँगको भेट पक्का गरेको हो ।

यसअघि बुधबार भएको पहिलो सेमिफाइनल खेलमा शसस्त्र प्रहरी वलको एपिएफ क्लवलाई पराजित गर्दै थ्रीस्टार क्लव फाइनलमा प्रवेश गरेको थियो । प्रतियोगिताको फाइनल खेल शनिबार हुने आयोजक सहारा क्लव पोखराले जनाएको छ ।

प्रतियोगिताको विजेतालाई ८ लाख १ हजार, उपविजेतालाई ४ लाख १ हजार साथमा ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने उत्कृष्ट खेलाडीलाई एक थान अप्रिला स्कुटर प्रदान गरिने क्लवले जनाएको छ । प्रतियोगिताको अवसरमा २०७४ सालभरीमा उत्कृष्ट खेल प्रदर्शन गर्ने एक जना खेलाडीलाई सर्वाेत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी २०७५ बाट नगद रु. ३५ हजार, प्रमाण–पत्र र दोसल्लाले सम्मान गरिने क्लवले जनाएको छ । त्यस्तै प्रतियोगितामा सर्बाधिक गोलकर्तालाई नगद २५ हजारसहित ट्रफी प्रदान गरिनेछ भने उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलकिपर र उत्कृष्ट प्रशिक्षकलाई नगद १५÷१५ हजारसहित ट्रफी प्रदान गरिने जनाइएको छ ।

You might also like

Comments are closed.