आहा रारा गोल्ड कप सफल पार्न विभिन्न उपसमिति

आर्थिक आवाज
पोखरा, २९ पस । आगामी फागुन ९ देखि १८ गतेसम्म पोखरामा संचालन हुने १७ औं संस्करणको आहा रारा गोल्ड कप फुटवल प्रतियोगिता सम्पन्न गर्न विभिन्न उपसमिति चयन गरिएको छ । सहारा क्लबका अध्यक्ष केशव बहादुर थापाको अध्यक्षमा हालै बसेको बैठकले क्लवका मानार्थ सदस्य एवं सल्लाहकारहरुको १५ वटा विभिन्न उप–समितिहरु चयन गरेको हो ।

अर्थ संकलन समितिका संयोजकमा सल्लाहकार टिका बहादुर कार्की, प्रचार प्रसार संयोजकमा सल्लाहकार नारायण कार्की, स्वयम सेवक परिचालन उपसमिति संयोजकमा प्रकाश शेरचन, शान्ति सुरक्षा उपसमिति संयोजकमा खेमबहादुर गुरुङ, मैदान व्यवस्थापन संयोजकमा यम बहादुर गुरुङ, आवास व्यबस्थापनमा वसन्त थकाली, टिम समन्वयमा विक्रम थकाली, अतिथी सत्कार उपसमिति संयोजकमा गणेश बहादुर भट्टराई, आयोजक टिम संयोजक वीरभद्र आचार्य, मञ्च व्यबस्थापनमा शम्भु कार्की, प्राथामिक उपचार डा. रवीन्द्र प्रसाद श्रेष्ठ, प्राविधिक संयोजकत्वमा आनन्द रन्जित, लियाजन (विदेशी जनसम्पर्क) संयोजक तेज बहादुर गुरुङ, यातायात व्यवस्थापनमा ऐन कुमार साई, शिल्ड मेडल संयोजकमा पूर्ण बहादुर गुरुङ छन् ।

प्रतियोगिता सफल पार्न क्लबका अध्यक्ष केवश बहादुर थापाको अध्यक्षतामा ५ सय १ जना मूल आयोजक समिति १ सय १ जना सल्लाहकार समिति चयन गरिएको छ । प्रतियोगिता संयोजकमा क्लबका बरिष्ठ उपाध्यक्ष हरिराम गुरुङ, सदस्य सचिवमा क्लबका महासचिव विश्वराज बराल चयन गरिएको क्लबले जनाएको छ ।

You might also like

Comments are closed.