इक्यानका सदस्यहरुलाई ‘बिजनेस म्यानेजमेन्ट स्किल’ तालिम

पोखरा, १३ चैत । इक्यान कास्कीद्वारा आयोजित ‘बिजनेस म्यानेजमेन्ट स्किल’ तालिम सम्पन्न भएको छ । सोमबार आयोजित तालिममा इक्यान कास्कीका सदस्यहरु सहभागी थिए । सदस्यहरुको क्षमता अभिबृद्धि गर्ने उद्देश्यले कार्यक्रम गरिएको हो ।

पुम नेदरल्याण्डका सिनियर बिजिनेस एक्स्पर्ट एन्स विलेम्सले सहभागीहरुलाई तालिम दिइकी हुन् । व्यवसाय गर्दा ध्यानदिनुपर्ने कुराहरुका साथै व्यावसायिक व्यवस्थापनका बारेमा उनले धारणा राखेकी थिइन् ।

इक्यान कास्कीका अध्यक्ष मीलन तिवारीको सभापतित्वमा आयोजित कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष रमेश कुमार थापाले राखेका थिए भने सञ्चालन सचिव भुवन क्षेत्रीले गरेका थिए । कार्यक्रममा ३५ जनाको सहभागिता रहेको कार्यसमिति सदस्य पूर्ण न्यौपानेले जानकारी दिए ।

You might also like

Comments are closed.