इक्यान कास्कीको अध्यक्षमा क्षेत्री र सचिवमा अर्याल सर्वसम्मत

आर्थिक आवाज
पोखरा, १२ असोज । नेपाल शैक्षिक परामर्श संंघ (इक्यान) कास्कीको अध्यक्षमा भुवन क्षेत्री सर्वसम्मत निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न सातौं साधारणसभा तथा चौथो अधिवेशनबाट क्षेत्री सर्वसम्मत अध्यक्ष बनेका हुन् । क्षेत्री यस अगाडि सचिव थिए ।

अध्यक्षका दावेदार रहेका रमेशकुमार थापाले क्षेत्रीलाई सर्वसम्मत गराउन प्रस्ताव गरेका हुन् । थापाकै प्रस्तावमा क्षेत्री अध्यक्ष बनेका हुन् । संस्थालाई एक ढिक्का बनाएर अगाडि बढाउन आफूले त्याग गरेको थापाले बताए । थापा यस अगाडि उपाध्यक्ष थिए ।

अध्यक्ष पछिको महत्वपूर्ण पद सचिवमा रुद्रप्रसाद अर्याल पनि सर्वसम्मत निर्वाचित भएका छन् । उनी यस अगाडि कोषाध्यक्ष थिए ।

You might also like

Comments are closed.