इक्यान कास्कीमा नयाँ नेतृत्व, अध्यक्ष र सचिव बाहेक अन्य पदमा भोटिङ

आर्थिक आवाज
पोखरा, १३ असोज । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्कीको अध्यक्षमा भुवन क्षेत्री निर्वाचित भएका छन् । अध्यक्ष क्षेत्री सर्वसम्मत निर्वाचित भएका हुन् ।  अध्यक्षका दावेदार रहेका रमेशकुमार थापाले क्षेत्रीलाई सर्वसम्मत गराउन प्रस्ताव गरेका हुन् । थापाकै प्रस्तावमा क्षेत्री अध्यक्ष बनेका छन् । संस्थालाई एक ढिक्का बनाएर अगाडि बढाउन आफूले त्याग गरेको थापाले बताए । थापा यस अगाडि उपाध्यक्ष थिए ।

समितिको उपाध्यक्षमा सन्दिप अर्याल निर्वाचित भए । उनले प्रतिस्पर्धी महेश पौडेललाई पराजीत गरे ।

सचिवमा रुद्रप्रसाद अर्याल सर्वसम्मत निर्वाचित भएका छन् । अध्यक्ष र सचिव सर्वसम्मत चयन भएपनि अन्य पदमा भोटिङ नै भएको हो ।

कोषाध्यक्षम ओम प्रकाश गैह्रे विजयी भए । उनले पूर्ण न्यौपानेलाई पराजित गरे । सदस्यमा हरि पराजुली, नविन अधिकारी (नसिब), देवराज शर्मा र गणेश कोइराला विजयी भएका छन् ।

४ जना सदस्यका लागि ६ जना प्रतिस्पर्धी थिए । बालचन्द्र परियार र युवराज पौडेल पराजीत भएका छन् । निवर्तमान अध्यक्ष मीलन तिवारी पदेन सदस्य रहनेछन् ।

अध्यक्षमा निर्वाचित भएपछि प्रतिक्रिया दिदै क्षेत्रीले सम्पूर्ण सदस्यलाई समेटेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । ‘चुनावी प्रक्रियाका क्रममा जुन साथी जता लागेपनि अब एक हुनुपर्छ,’ उनले भने, ‘कार्यकाल सफल बनाउन सम्पूर्ण साथीहरुबाट उत्साहजनक साथ पाउनेमा म विश्वस्त छु ।’

इक्यान केन्द्रका अध्यक्ष विष्णुहरि पाण्डेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । संघ कास्कीका अध्यक्ष मीलन तिवारीको सभापतित्वमा साधारणसभा तथा अधिवेशन सम्पन्न भएको हो । कार्यक्रममा इक्यान केन्द्रका निवर्तमान अध्यक्ष प्रकाश पाण्डे लगायतले इक्यानको आवश्यकता लगायत विषयमा धारणा राखेका थिए ।

You might also like

Comments are closed.